काठमाडौंः शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार ७ सयले घटेर ६९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ ।
बिहीबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको तेजावी सुनको भाऊ आज भने प्रतितोला ६९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनको भाउ घटेसँगै चाँदीको मूल्य पनि शुक्रवार घटेको छ ।
बिहीबार ८ सय ५० मा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




