हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस । जानी राखौ स्
१-पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ,,
२-हातका औँला लामा–लामा हुनु ,,
३-औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु,,
४-छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ,,
५-शरीरमा विभिन्न सात सुगन्ध हुनु ,
६-हरिणका जस्ता फिला हुनु ,
७-गुप्ताङगहरु गुप्त रहनु,
८-शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ,
९-शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ,
१०-काँध पुष्ट, चौडा र गोलो हुनु ,
११-पाखुरा राम्ररी फर्कने हुनु ,
१२-पाखुरा लामा हुनु
१३-सम्पुर्ण शरीर तेजोमय हुनु, ,
१४-शंख समान घाँटी हुनु
१५-सोझो र सिंहको जस्तो चिउँडो हुनु ,
१६-३२ वटा दाँत हुनु ,
१७-चम्किला र टमक्क जोडिएका दाँत हुनु ,
१८-समान मिलेका दाँत हुनु ,
१९-बंगारा स्वच्छ र सुन्दर हुनु ,
२०-जिब्रो लामो हुनु ,
२१-विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ,
२२-पातलो स्वर हुनु ,
२३-विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ,
२४-कुरामा अडिक रहनु
२५-आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु,
२६-मिलेको कपाल हुनु ,
२७-अल्छी नहुनु ,
२८-अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु , ,
२९-शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ,
३०-चमक्क चम्किने केश हुनु ,
३१-स्वभाव लज्जालु हुनु ,
३२-दुढ स्वभाव हुनु




