काठमाडौं, १२ वैशाख । भूकम्पपीडित तथा सहयोगी समाजले सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तलीलाई) आज अभिनन्दन गरेको छ । भूकम्पपछिको पुनः निर्माणमा एकीकृत नमुना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै गोरखा भूकम्पको दोस्रो वार्षिकीका अवसरमा उहाँहरुलाई अभिनन्दन गरिएको हो ।

समाजका अध्यक्ष चन्द्र साउदले धुर्मुस–सुन्तलीले गरेको सामाजिक कार्यले केही भूकम्प प्रभावितलाई सहयोग पुगेको बताउँदै पुनः निर्माणका लागि सरकारले सरकारले पुनः निर्माण मन्त्रालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अभिनन्दित व्यक्तित्व धुर्मुसले भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि प्रभावित जिल्लाको पुनः निर्माणले गति लिन नसकेकामा दुःख व्यक्त गर्दै विनाशले विकासको मूल फुटाउँछ भनेजस्तै नेपालमा पनि यसलाई अवसरका रुपमा लिएर पीडितलाई सहयोगका साथै एकीकृत बस्ती विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भएको राजनीतिक अन्योलताका कारण पुनः निर्माण प्राधिकरणमा समेत राजनीतिकरण बढी भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले ‘करिब १४ वर्ष अगाडि भारतको गुजरातमा भूकम्पले क्षति गरेको भए पनि आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पुनः निर्माणका लागि प्रस्ट नीति ल्याउनुपर्छ भन्नुभयो ।’

अर्का अभिनन्दित व्यक्तित्व सुन्तलीले आफूहरुले विभिन्न दातृ संस्थाको सहयोगमा पुनः निर्माणको कार्यमा जुटेको बताउँदै राष्ट्र निर्माणमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah