नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको बुधवार स्मृती दिवश मनाइदैं छ ।
नेपालको राजनीतिमा श्रद्धा र सम्मानको उच्च कोटीमा पर्नुहुने अधिकारी प्रति नेपालीले आदर्श नेताको रुपमा हेर्छन ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य स्वर्गीय अधिकारीले महासचिव पुष्पलाल श्रेष्ठसंग लामो समयसँगै काम गर्नु भयो ।
२०५१ सालमा अल्पमतको सरकारका ३१ औ प्रधानमन्त्री बन्नु भएको थियो । अधिकारी सरकार कार्यक्रम अहिले सम्मपनि सम्झन लायक छन् ।
अधिकारी सरकारकै पालामा बृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउ जस्ता लोकप्रिय कार्यक्रम लागू भएको थियो । यहि कार्यक्रमका कारण उहाँ नेपाली जनताका बीचमा लोकप्रिय बन्नु भयो । सिंहदरबारको अधिकारलाई गाउँसम्म पु¥याउन उहाँको सरकारले गरेको कामले नेपालको ग्रामीण भेगलाई विकासको बाटोमा अघि बढायो ।
पार्टी काममा व्यस्त रहेककै बेला अस्वस्त रहुन भएका अधिकारीकोे निधन २०५६ बैशाख १३ गते भएको थियो ।



