एजेन्सी \ व्यक्ति जो कोही अरुभन्दा फरक हुन्छ । अरुसँग मिल्ने केवल व्यक्तित्व हो । रोजाईहरु समान हुनसक्छन् । क्षमताहरु फरक फरक हुने गर्छ । जोसँग हाम्रो रोजाई समान हुन पुग्छ । त्यो मान्छे हामीलाई मन पर्छ । उसैसँग जीवन नै बिताउने सम्भावना पनि त्यत्तिकै हुन्छ । तर, त्यो सम्बन्धले पनि जोडीको व्यक्तित्वलाई चित्रित गर्ने गर्दछ । दुई जनाको जोडीमा जब एकै किसिमको सम्बन्ध हुन्छ । अनि मात्रै दीर्घकालीन सम्बन्धको सुरुवात हुन्छ । अक्सर प्रेमी र प्रेमिकाबीचको सम्बन्धहरु कस्तो कस्तो हुन्छ ? त्यो विषयमा हामीले व्याख्या गर्ने प्रयास गरेका छौं ।

जो एकअर्कामा अभिन्न हुन्छन्

संसारमा कुनै जोडी एक अर्कामा अभिन्न हुने खालका पनि देखिन्छन् । एकले अर्काेको काममा सधैं निस्वार्थ भएर सहयोग गर्छन् । उनीहरु प्रेममा नै यति लीन हुन्छन् कि ती दुईबाहेक अरु कसैसँग पनि आफूहरुको सम्बन्ध नै हुँदैन जस्तो सोचाई आउने गर्छन् । उनीहरु अर्काेको अभावमा आफूलाई नै अपूर्ण सम्झन्छन् ।

जो आफैं भित्र भ्रमित हुन्छन्

कुनै दम्पत्ति वा प्रेम जोडीहरु कहिले झगडा त कहिले एक अर्काको आलिंगनमा रमाइरहेका हुन्छन् । एक दिन झगडा गरेका उनीहरु अर्काे दिन सँगै कफी पिउँदै गरेको भेटिन्छ । नजिक हुँदा जति लडेपनि उनीहरु एक अर्कासँग कहिलै छुटिदैनन् ।

जो देखावटी प्रेमलाई सफल सम्झन्छन्

कुनै जोडीहरु देखावटी प्रेमलाई नै वास्तविक सम्झने स्वभावका हुन्छन् । उनीहरु जहाँ भेट्यो त्यहीँ आफ्नो प्रेम देखाउन आतुर हुन्छन् । सार्वजनिक ठाउँमा नै चुम्बन गर्ने, नराम्रा हर्कतहरु गर्ने गर्छन् । यस्ता जोडीहरु लजालु जोडीको लागि भने समस्याका पात्रहरु हुन् । उनीहरु एकअर्काको प्रेमलाई खुल्ला रुपमा देखाउन चाहन्छन् । उनीहरु आन्तरिक रुपमाभन्दा बाहिरी प्रेम देखाउने प्रयासमा हुन्छन् ।

जो अफिसको समय निकालेर प्रेमका कुरा गर्छन्

अफिसियल जोडीहरु अफिसमा सँगै काम गर्ने भएपनि उनीहरु खुल्ला रुपमा एकअर्काको सम्बन्धलाई सार्वजनिक गर्दैनन् । केवल उनीहरु कार्यालयको समय बित्ने प्रतीक्षामा प्रेम साँचेर राखेका हुन्छन् । एक अर्कासँग सँगै समय बिताउने इच्छा भएपनि कामको आचार र कार्यालयको नियमका कारण उनीहरु कार्यालय समयमा एकअर्कासँग प्रेमका कुरा गर्दैनन् ।

जो भाग्यले नै जुराएका जोडीहरु हुन्

केही जोडीहरु ब्राजिलका उपन्यासकार पालो कोएल्होको उद्धरण जस्तै गरी भेट भएका हुन्छन् । उनीहरु भाग्यले नै एक आपससँग भेट भएका हुन्छन् । एक पटक भेट भएपछि उनीहरु एकअर्कालाई मन पर्न थाल्छ । त्यसपछि उनीहरु कहिलै आफ्नो सम्बन्धप्रति विचलित हुँदैनन् । उपन्यासकार पालोले भनेका थिए ‘जब तपाईं केहीलाई चाहानुहुन्छ भने सारा ब्रहृमाण्डले तपाईंलाई यो हाँसिल गर्न मद्दत गर्ने योजना बनाउँछ ।’

जो बाल्यकालदेखि कै मित्र हुन्

धेरैको सम्बन्ध बाल्यकालदेखि नै जोडिएको हुन्छ । नेपाली समाजमा त कतिको सम्बन्ध जन्म पहिले नै निश्चित गर्ने प्रथा समेत पाईन्छ । कोही मानिसहरु जन्मैदेखि परेवाको जोडी जस्तै जोडिएका हुन्छन् । कोमल उमेरमा भेटेकाहरु निर्दाेष प्रेमदेखि परिपक्व प्रेमसम्मको यात्रामा पुग्दा जीवनसाथीको रुपमा परिणत भइसकेका हुन्छन् । यो प्रेम पनि दीर्घकालसम्म अटुट हुने गर्दछ ।

जो लाभदायक साथीहरू हुन्छन्

हामी सबैमा स्वभावैले यौन इच्छा जागृत हुने गर्दछ । सम्पूर्ण जीवहरुको लागि यो स्वाभाविक कुरा हो । केही मानिसहरु अर्काे व्यक्तिसँग जोडिन डराउँछन् । तर, शारीरिक प्रेमको अनुभव गर्न चाहन्छन् । आफ्ना आवश्यकताहरुलाई पूरा गरेर एक अर्कालाई बिर्सने सम्बन्ध पनि धेरै हुन्छ । उनीहरु कुनैपनि प्रतिबद्धता वा अपेक्षा बिना नै शारीरिक सम्पर्कमा रहने गर्दछन् ।

जो केवल सिद्ध छन्

यस्ता मानिसहरु भेट्टाउन कठिन छ । तर, यस्ता पनि नहुने भने होइनन् । जो एक अर्कालाई प्रत्येक अर्थमा क्षितिजमा देख्न चाहन्छन् । उनीहरुसँग नै झगडा गर्छन् उनीहरुसँग नै झगडा गर्छन् । तर, त्यो आफ्नो साथीलाई प्रगति पथमा लम्काउनको लागि नै हुने गर्दछ । उनीहरु एक अर्कालाई औधी मन पनि पराउँछन् । तर, व्यक्त गर्न चाहँदैनन् । यो केवल शुद्ध, परोपकारी प्रेम हो ।

माथि उल्लेख गरिएकामध्ये तपाईंहरुको जोडी कुन् किसिमको छ ? भन्ने कुरा खासै फरक पर्दैन । यो पनि आवश्यक छैन कि सम्बन्ध माथि उल्लेख गरिएको नै हुन्छ भन्ने । कुनैपनि जोडी माथि उल्लेखित कुनै पनि श्रेणीमा नपर्ने सम्भावना पनि हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah