काठमाडौं / हिमालय एयरलाइन्सले साउदी अरबको रियादमा पनि उडान गर्ने तयारी गरेको छ । दमाममा उडान गरिरहेको हिमालयले रियादमा उडान गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।

एयरलाइन्सले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण प्राधिकरणमा आवेदन दिएको छ । हालैमात्र चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको हिमालयले साउदीमा पनि उडान विस्तार गर्न लागेको छ । अहिले साउदीबाट नेपाल सिधा उडान गर्ने हिमालयमात्र हो । केही समय अघिमात्र बांगलादेशको ढाँका उडान सुरु गरेको थियो ।
सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा उडान विस्तार गर्ने योजना बनाएको एयरलाइन्सले साउदीको अर्को सहरमा पनि उडान गरेर नेपाली श्रमिकको हवाई बजार आफ्नो पोल्टामा पार्ने प्रयास गरेको छ ।



