निर्वाचन आचारसंहित लागू भइसकेको अवस्थामा मधेसी नेताहरू लैनचौरस्थित भारतीय दूतावास पुगेर नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनबारे राजदूतसँग छलफल गरेको खुलासा भएको छ । हालै मधेसी मोर्चामा आबद्ध ६ पार्टीबीच एकता भएसँगै गठन भएको राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू भारतीय दूतावास गएको खुलासा भएको हो ।

स्थानीय तह निर्वाचन आचारसंहित लागू भएको अवस्थामा मधेसी नेताहरू लैनचौरस्थित भारतीय दूतावास पुग्नु र निर्वाचनकै सन्दर्भमा नयाँ दिल्लीमा भिडियो कम्फरेन्स गरेकोप्रति स्वतन्त्र बुद्धिजीवीहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

उनीहरूले मधेसी दल, अन्य कुनै पार्टी वा तिनका नेताहरू विदेशी दूतावास धाउनु ‘देशको सम्प्रभुता नै विदेशीलाई जिम्मा दिनुसरह’ भएको टिप्पणी गर्दै चुनावको मुखमा दूतावास धाउनु झनै आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं परराष्ट्र मामिलाका जानकार सूर्यनाथ उपाध्यायले मधेसी दलहरूले भारतीय दूतावास गएर विदेशी हस्पक्षेपलाई सोझै निम्त्याउने घृणित कार्य गरेको बताए ।

‘मधेसी मोर्चा या अरू कुनै पार्टीले दूतावास धाउने कुरा देशको सम्प्रभुतालाई नै अर्काको जिम्मा दिनुसरह हो । त्यसमाथि चुनावको मुखमा उनीहरू दूतावास धाउनु भनेको झन् घोर आपत्तिजनक विषय हो,’ उपाध्यायले लोकान्तरसँग भने, ‘हाम्रो राष्ट्रियताको प्रश्न छ । तर यसलाई ख्याल नगरी मधेसी दल दूतावास जानु भनेको विदेशी हस्तक्षेपलाई सोझै निम्त्याउनु हो ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार भएको टेलिफोन संवादप्रति समेत संशय व्यक्त गरे ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा चुनावबारे नेपलाका नेता र भारतीय राजदूतबीच छलफल हुनु सार्वभौम मुलुकको भावनाविरोधी काम भएको टिप्पणी गरे ।

‘यति लाजमर्दो अवस्था अन्यत्र हुँदैन,’ श्रेष्ठले थपे, ‘भारतले अपरिपक्व व्यवहार देखायो । हाम्रा नेताले सार्वभौम राष्ट्रको मर्मलाई बिर्सन खोजे । यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ ।’

यस्तै पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता तथा काठमाडौं स्कूल अफ लका निर्देशक डा. युवराज संग्रौलाले मधेसी नेताहरू भारतीय दुतावास पुग्नु निर्वाचन आचारसंहिता विपरीत भएको उल्लेख गरे ।

‘भारतीय दूतवासले पनि निर्वाचन आचारसंहिता बेवास्ता गर्दै मधेसी नेताहरूसँग छलफल गरेर अन्तर्राष्ट्रिय कानून विपरीतको काम गरेको छ,’ संग्रौलाले भने ।

‘आचारसंहिता लागू भइसकेपछि कुनै पनि देशको निर्वाचनको बारेमा विदेशीहरूले खुलेर कुरा गर्न वा छलफल चलाउन पाउँदैनन् । तर यहाँका पार्टीका नेताहरू बोलाएपनि जान हुँदैनथ्यो, त्योे उनीहरूको स्वाभिमान राष्ट्रप्रतिको कर्तव्य हो,’ संग्रौलाले लोकान्तरसँग भने, ‘मधेसी दलहरू त्यसरी जाने कुरो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि आमन्त्रण हो । यो अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा हुन्छ ।’

उनले हरेक देशले हस्तक्षेप गर्न खोज्ने भएपनि त्यसप्रति आफैं सचेत बन्नुपर्ने बताए ।

‘बलियाले निर्धालाई पेल्नै खोज्छन् । त्यसमा नेपाली नै सचेत हुनुपर्छ’, उनले थपे, ‘उनीहरू हाम्रै देशका नागरिक हुन् भने त्यस्तो खालको मौका दिनुहुँदैन । भारतले गर्ने कुरा नेपाल मामिलामाथिको हस्तक्षेप हो । हाम्रा पार्टीका नेताहरूको चाहिँ निर्वाचन आचारसंहिता उल्लंघन हो र राज्यको कानूनको विरुद्ध हो ।’

पूर्वसचिव द्वारिकानाथ ढुंगलले नेपालको चुनावबारे भारतीय दूतले मधेसी दलका नेताहरूसँग दूतावासमा छलफल गर्नु भनेको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथिको नाङ्गो हस्तक्षेप भएको बताए ।

‘हाम्रो चुनाव, आन्तरिक राजनीति र मामिलामा भारतीय दूतावासमा मधेसी नेता र राजदूतबीच हुने छलफल आपत्तिजनक मात्रै होइन, घोर निन्दाको विषय हो,’ ढुंगेलले भने, ‘नेपालमा हुन लागेको चुनावको मुखमा यस्तो छलफल हुनु भनेको हाम्रो राष्ट्रियताको छातीमा छुरा हाने बराबर हो । मधेसी दलका नेताको यस्तो व्यवहार र रूपलाई सामाजिक बहिष्कार गर्न सक्नुपर्छ ।’

विदेशी दूतावासले नेपालको आन्तरिक राजनीति र मामिलामा अझ त्यसमा पनि चुनावको मुखमा खुलेआम छलफल चलाउनु र अर्ती उपदेश दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको भावना विरुद्धमा भएको बुद्धिजीवीहरूको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २ (१) मा राष्ट्रसंघका सबै सदस्य राष्ट्र समान रूपमा सार्वभौम राष्ट्र हुने उल्लेख छ । उक्त बडापत्रको धारा २ को उपधारा (४) मा कुनै पनि राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा अन्य प्रकारले प्रभाव पार्न नहुने उल्लेख छ ।

चुनावको घोषणा भएको र त्यसका लागि आचारसंहिता समेत जारी भइसकेको अवस्थामा दूतावासमा हुने यस्ता छलफललाई अन्तर्राष्ट्रिय कानूनको परिभाषामा ‘प्रोक्सी हस्तक्षेप’ को रूपमा बुझ्नुपर्ने बुद्धिजीवीहरूको भनाइ छ ।

यस्तै नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले इन्दिरा गान्धीले ‘रअ’को सृष्टि गरेसँगै नेपाललाई भुटानीकरण गर्ने प्रक्रियाअन्तर्गत मधेसी मोर्चाको जन्म भएको खरो टिप्पणी गर्दै निर्वाचन आचारसंहिता भन्दा पनि त्यसको उत्पत्ति नै त्यही प्रकरणमा भएको बताए ।

उनले पटकपटक नेपालको राजनीतिमा कुनै दललाई प्रयोग गरेर भारतले नियन्त्रित अस्थिरता सिर्जना गर्ने काम गरेको आरोप लगाए ।

मधेसी दल चिन्ताको विषय नभएको भन्दै मैनालीले बरू नेपाली कांग्रेस र नेकपा माओेवादी केन्द्रलगायतका दलहरूसमेत स्खलित हुनुचाहिँ चिन्ताको विषय भएको टिप्पणी गरे ।

‘मधेसी दल चिन्ताको विषय होइन । उनीहरू प्रस्ट देखिएका स्वरूप हुन्’, मैनालीले थपे, ‘चिन्ताको विषय लामो इतिहास बोकेको नेपाली कांग्रेस र स्वाधीन राष्ट्रको निम्ति संघर्ष गर्ने माओवादी केन्द्रलगायत शक्तिहरूको राजनीति स्खलन र लम्पसार भनौं या शरण पर्नुचाहिँ हो ।’

नेताहरूको सत्तामोह र भारतमोहका कारण नेपालको अस्मिता नै डरलाग्दो अवस्थामा पुगेको भन्दै उनले सबै देशभक्त नागरिक सचेत हुनुपर्ने बेला आएको बताए ।

मंगलवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै राष्ट्रिय जनता पार्टीका नेताहरू भारतीय दूतावास पुगेका थिए ।
नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी र राजकिशोर यादव लैनचौर पुगेका थिए ।

त्यहाँ उनीहरूले स्थानीय चुनावमा केन्द्रित रहेर भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग छलफल गर्दै भारतीय दूतावासभित्रैबाट नयाँ दिल्लीमा ‘भिडियो कन्फेरेन्स कल’ मार्फत भारतीय नेताहरूसँग दोहोरो संवाद समेत गरेको पत्ता लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah