गोरखाको सिरानचोक गाउँपालिका ६, नाम्रुङका खुनबहादुर गुरुङको वर्षभरि मिहिनेत यसै खेर गयो । १० रोपनी क्षेत्रफलमा लगाइएको धानमा भुस मात्र फलेपछि उहाँको वर्षभरिको मिहिनेत यसै खेर गएको हो ।

‘राम्रो फल्छ भनेर बीउ किनेर ल्याएँ, वर्षभरि दुःख गरेँ तर धान फलेन’ उहाँले भन्नुभयो ‘मेरो दुःख र लगानी यसै खेर गयो ।’ उनले जेठ १२ गते गोरखा नगरपालिका १०, छेवेटारको सुबास एग्रोभेटबाट ३५ सय रुपियाँमा पायनियर नामको सात पोका धानको बीउ खरिद गरी लगेका थिए ।

 

खुबिस्वाँरामा रहेको १० रोपनी खेतमा आठ हल गोरु र ४८ खेताला लगाएर असार ३२ गते रोपाइँ गरियो । ५० किलो रासायनिक मल हालेर दुई पटक २० जना खेतालाले धान गोडियो । ‘गर्न पर्ने सबै काम गरेँ, रोपो पनि राम्रै सप्रियो’ गुरुङले भने ‘बेलामै पसायो, बाला लाग्यो तर फल लागेन ।’ गतवर्ष २५ मुरी धान फलेको खेतमा अहिले सबै भुस फलेपछि उनी चिन्तित भएका छन् ।

उक्त समस्यकाबारे सिरानचोक गाउँपालिकाको कृषि शाखामा कार्यरत प्राविधिकलाई समेत जानकारी गराएको उनले बताए । ‘मेरो खेतमा धान फलेन हेर्दिनु पर्‍यो भनेर उहाँलाई भनेको छु तर आउनुभएको छैन’ गुरुङले भन्नुभयो ‘फोटो भिडियो पनि पठाएको छु ।’

उता स्थानीय कृषि प्राविधिक सुशीला पाण्डेले उक्त विषयमा जानकारी आएको तर अध्ययनकै क्रम रहेकाले अहिले नै केही भन्न नसक्ने बताए। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah