काठमाडौं\ आज साताको तेस्रो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाला सुन ७२ हजार रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ६५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो आइतबार चादि ८६० रुपैयामा कारोबार भएको थियो ।



