रसुवा/ टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले संयुक्त रुपमा सुख्खा बन्दरगाहको शिलान्यस गरेका हुन् ।

बन्दरगाह निर्माण गर्नको लागि करिब ६ महिना अघि नै निर्माण कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत बैशाख २९ गते इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बुधबार शिलान्यास भएपछि औपचारिक रुपमा बन्दरगाह निर्माणको काम सुरु भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ ।

सुख्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माण हुने छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुने छ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

सुख्खा बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ । निर्माण कार्य सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चीनियाँ निर्माण कम्पनीले बताएको छ । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुने छ ।

चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको लागत अनुमानसहितको फाइनल डिजाइन तयार पारेको हो । लगत अनुमानसहितको फाइनल डिजाइन तयार गर्नको लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो ।कान्तिपुरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah