– भोबिन्द्र शाह
बैशाख । बाजुरामा राजनैतिक बिबादका कारण कोटिला साना जलबिद्युतमा आएको योजना प्रत्यक्ष रुपमा असर परेको छ ।
कोटिला साना जलबिद्युतको नहर निर्माणका लागी निर्बाचन क्षेत्र बिकास कोष बाजुराबाट १० लाख रुपैया बिनियोजित भएको भएपनि एमाले काँग्रेस र माओबादि केन्द्रका कार्यकर्ताबीच उपभोक्ता समिति आफ्नो पाटीले पाउनुपर्ने भन्ने बिबादले योजना सम्झौता हुन नसकेको कोटिला जलबिद्युत उपभोक्ता समितीका सचिब हिरालाल रेग्मीले बताए ।
बिबाद समाधानका लागी स्थानियले आम भेलाको आयोजना गरेर पनि बिबाद समाधान हुन नसकेको स्थानियले गुनासो गरेका छन । कोटिला साना जलबिद्युतमा स्थानिय राजनैतिक दलहरुले अध्यक्ष आफ्नो पाटीको हुनु पर्ने भन्दै बिबाद गरेपछि समस्या झन चुलिदै गएको बिधुत उपभोक्ता समितीका उपाध्यक्ष पदमबहादुर रोकायाले बताएका छन ।
बर्षातको समयमा खोलामा बाढी आएर नहर पटक पटक भत्काउने समस्यमा कोटीलाबासीहरुले झेल्दै आइरहेको बताएका छन । आफ्नो ठाउमा आएको बिकासी काममा राजनैतिक करण हुनु दुखद भएको स्थानिय शिक्षक टंक न्यौपानेले बताए । एमालेले नया समिती गठन हुनु पर्ने दाबी गरेका छन भने काँग्रेसले पुरानै समितीलाइ मान्ययता दिनु पर्ने अडान राख्दै आएको काँग्रेसका नेता मोहोन भाटले बताए ।
कोटिला साना जलबिद्युतको क्षमता ३० वाट रहेको र ४ सय घर परिवारले हाल सेवा पाइरहेको साना जलबिधुत उपभोक्ता समितीका अध्यक्ष पदमबहादुर शाहीले बताए । बिधुतको नहर निर्माण हुन सकेकेमा बिधुत नपुगेका केही स्थानमा लाइन बिस्तार गर्न सकिने अध्यक्ष शाहीले बताएका छन । समाधानका लागी बुढिनन्दा नगरपालिकालाई जानकारी गराएको भए पनि कुनै वास्ता नगरेको स्थानियले आरोप लगाएका छन ।
बिधुत सम्झौता गर्न स्थानियले बिबाद कायम राखे जिल्ला बिकास समन्वय समितीले टेन्डर मार्फत काम कार्बाही अगाडी बढाउन सक्ने जिल्ला समन्वय समितीका बाजुराका एक कर्मचारीले बताए । दैनिक नेपाल



