१५ वैशाख ।

खोजी गर्न कतै बाँकी थिएन । फागुन २० देखि देश विदेशका सञ्चार माध्यम, सामाजिक सञ्जाल, जमिन र हेलिकोप्टरबाट समेत खोजी भएको थियो । बेपत्ता भएको लामो समय भइसकेकाले परिवारलाई छोराको सास पाउने आशा झिनो थियो । आमा बाबुको मन मानेन । लासै भए पनि खोज्ने भन्दै अन्तिम प्रयास गर्न ताइवानबाटै एसियन ट्रेकिङ एजेन्सीलाई अनुरोध गरेका थिए उनीहरूले। परिवारको यस्तो अनुरोधपछि एजेन्सीले आफ्नो सम्पर्कमा रहेका गाइड र स्थानीयलाई प्रयोग गरी उनी हिँडेको सम्भावित स्थान धादिङ तिप्लिङ क्षेत्रमा खोजी कार्य तिव्र बनाइएको थियो ।

गाइड र स्थानीयको अथक प्रयासपछि वेपत्ता २१ वर्षीय ताइवानी पर्यटक लाइङ सिंङ युनलाई बुधबार बिहान ११ बजे दुई हजार ६ सय मिटर उचाइको धादिङ तिप्लिङस्थित एक खोंचमा टोलीले फेला पारेको थियो । खोज तथा उद्धार टोलीका सदस्य शुक्रबहादुर मगरले भने, ‘आगो बलेको थियो, टेण्ट टाँगेर बसेका उनी छेवैमा प्रेमीका १९ वर्षीया लिउ चेन चुनको शव थियो ।’

सिम्रिक एयरबाट रेस्क्युमा खटिएका छिरिङ डेन्डुप भोटेलाई ती पर्यटक यति लामो समय के खाएर बाँचे भन्नेमा जिज्ञासा लाग्यो । ‘आफ्ना जिज्ञासा मेटाउन वरिपरी हेर्दा ४÷५ प्याकेट रारा चाउचाउ, चकलेटका खोल देखियो’ भोटेले भने । ती पर्यटकसँग नुनको प्याकेट पनि भएकाले लामो समयसम्म पानी र नुनको भरमा उनी बाँचेको भोटेको अनुमान छ ।

लियाङलाई एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक एयरको सहयोगमा उद्धार गरी काठमाडौंको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । मृतक लिउ चेन चुनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । माया मारिएका उनलाई ५५ दिन पछि जीवित भेटिँदा परिवार मात्र होइन उद्धारमा संलग्न, उपचारमा संलग्न अस्पताल समेत खुसीले गद्गद् छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइ केयर युनिटमा उनलाई डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले उपचार गर्दै आएको छ। अस्पतालले इमजेन्सी रिसस्टिटेसनमा सबै जाँच गरी बुधबार नै हाइ केयर युनिटमा सारेको छ ।

उनी खतरामुक्त छन् । स्वास्थ्यमा सुधार भएको छ’, डाक्टर पाण्डेले बताए । २४ घण्टामै उनको न्युट्रिसनमा सुधार आएको छ भने हेमोग्लोविन अली कम भएकाले सुधार हुने क्रममा छ। होसमा आएका उनी विस्तारै अलिअलि बोल्न सक्ने भएको अस्पतालले जनाएको छ। उनको शरीरको बाहिरी भागमा चोटपटक नभए पनि किराले टोकेका घाउ भने शरीर भर छन्। विरामीलाई उद्धृत गर्दे अस्पतालले जनाएअनुसार ५५ ती ताइवानी पर्यटको तौल ३० किलोग्राम घटेको छ ।

लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमति लिएका यि जोडी बेपक्ता भएको भन्दै भारतस्थित ताइवान दुतावासले फागुन २० गते खोजी गरिदिन पर्यटक प्रहरी इकाइमा निवेदन दिएको थियो। लाङटाङ राष्ट्रिय निकुन्जको अनुमति लिए पनि धादिङको तिप्लिङ क्षेत्रमा अन्तिम पटक परिवारसँग कुरा भएको थियो।

अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah