काठमाडौं / आज साताको छैटौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुन ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहिबार छापावाला सुन ७२ हजार रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो बिहिबार पनि चादि ८६० रुपैयामा नै कारोबार भएको थियो ।



