काठमाडौं, १५ बैशाख । स्थानीय तहका उम्मेदवार छनोटको विषयले अहिले सत्तारुढ नेपाली काँग्रेसमा निकै विवाद सिर्जना भएको छ ।

पार्टीबाट महासमिति एवं महाधिवेशन प्रतिनिधिसहितको निर्णायक समितिमा सहमति गर्ने र त्यहाँ सहमति नभए बहुमतका आधारमा उम्मेदवार तय गर्ने निर्णय भएपछि बरिष्ठ नेता रामचन्द्र पौडेल रुष्ट भएका छन् ।

उनले देउवाले एकलौटी रुपमा उम्मेदवारको टिकट दिन लागेको आरोप लगाएका छन् । महामन्त्री डा. शशांक कोइरालाले सर्कुलर गरेको निर्णयप्रति रुष्ट हुँदै बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी समेत दिएका छन् ।

सभापति शेरबहादुर देउवा पार्टी कार्यालय बाहिर रहेका बेला तत्कालै फोन गरेका पौडेल र देउवाबीच सो निर्णयका विषयमा ‘तँ तँ, म म’ नै भयो ।

देउवाको जालमा परेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालालाई समेत गाली गरेका छन् ।

देउवाले खेमाका नेताहरुले तल्ला तहदेखि केन्द्रसम्म गुटबन्दीको अन्त्य गर्ने प्रयत्नस्वरुप रामचन्द्रलाई निर्वाचन परिचालनको संयोजक र महेश आचार्यलाई घोषणापत्रको संयोजक बनाएपनि पौडेलबाट सहयोग नभएको गुनासो गरेका छन् ।

दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah