काठमाडौं, १५ वैशाख । मधेस केन्द्रीत दलले आसन्न स्थानीय निकायको निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।

शुक्रबार संघीय समाजवादी फोरम नेपालले एक विज्ञप्ति जारी गर्दै चुनावमा सेना परिचालन गर्र्ने निर्णय फिर्ता लिन माग गरेको छ । उसले चुनावमा परिचालन हुँदा सेनाको प्रतिष्ठा समेत खस्किने भन्दै चिन्ता व्यक्त गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपाली सेनाजस्तो व्यवसायिक संगठनलाई चुनावस् सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षाैदेखि कायम रहिआएको व्यवसायिकतामाथि आँच पुग्न सक्ने भएकोले सेनाको भूमिकालाई विवादित हुन नदिन स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै स्थानीय तहको चुनावमा नेपाली सेना परिचालनको निर्णय तत्काल फिर्ता लिन सरकारसँग संघीय समाजवादी फोरम नेपाल जोडदार माग गर्दछ ।’

‘चुनाव दुई चरणमा होइन् नयाँ मितिमा एकै चरणमा गरौं’

यस्तै फोरमले दुई चरणमा चुनाव गर्ने निर्णयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘संघीय लोकतन्त्रको मूल मर्म र मूल्य मान्यता विपरित संघीयतालाई समाप्त पार्ने षड्यन्त्रले केन्द्र सरकारले नै गराउन लागेको स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ– ‘साथै सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने हुँदा मिति सारेर एकै पटक मत गणना हुनेगरी एक चरणमा चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै दुई चरणको निर्वाचन प्रक्रियाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah