प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको मंसिर ९ गते बिहान ९ः३० बजे बसेको ३८४ औँ वैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशत अर्थात् एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन्।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा पनि चुक्ता पूँजीको १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरण गरेको थियो ।

बैंकले कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो। बैंक अझै कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई आफुमा गाभ्ने अभियानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah