काठमाडौं, १४ बैशाख– दुई वर्ष अघि तिहारको बेला थियो । त्यसबेला भारतले लगाएको नाकाबन्दीले जनजीवन कष्टकर थियो । ग्यासको अभावमा उपभोक्ताहरु हिटर प्रयोग गरेर खाना पकाउँथे । तर, ओभरलोडले विद्युत ट्रान्सफर्मर ड्याङ ड्याङ पड्किन्थ्यो । अनि बत्ती झ्याप्प झ्याप्प निभ्थ्यो ।   त्यसबेला कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बोले– ‘तपाईंहरु पत्याउनु हुन्न होला ।

तर, म एक वर्ष भित्र लोडसेडिङ खत्तम गर्नेगरी काम गरिरहेको छु । छिमेकीहरुले हामीलाई आँखा देखाइदिएका छन्, तिमीहरु कुन अवस्थामा छौ हेर भनेर हाम्रो आँखा च्यातेर देखाइदिएका छन् । सामान्य प्रयासले त यो हुँदैन तर, म सामान्य हिसावले काम गर्दिनँ, एक वर्ष भित्र लोडसेडिङ हटाउँछु । ढुक्क हुनुस् ।’   त्यसपछि के निहुँ चाहिएको थियो आम सञ्चारका माध्यमहरुले प्रधानमन्त्रीको मानसिक अवस्था ठीक नभएको भन्दै समाचार र सम्पादकीसम्म लेखे । भाषण गरेर ओलीले के के गरे त ? बन्दै गरेका विद्युत उत्पादक परियोजनाहरुलाई छिटो काम सिध्याउन तदारुकता लगाए । त्यसले के भयो ? त्यसले एक वर्ष भित्र निजी प्रवद्र्धकहरुबाट १६२ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा एक वर्ष भित्र थपियो ।   अर्काे के भयो ? अर्काे के भयो भने ओली ०७२ फागुन ७ गते भारत भ्रमण गए । भारत गएको पर्सीपल्टै मुजफ्फरपुर ढल्केवार विद्युत प्रसारण लाइन मार्फत विद्युत आदान प्रदानको सम्झौता गरे ।

नेपालमा विद्युत नपुग भएका बेला त्यही लाइनबाट भारतले नेपाललाई विजुली दिने र नेपालले धेरै विद्युत उत्पादन गरेपछि त्यही प्रसारण लाइनबाट भारतलाई विजुली बेच्ने सम्झौता गरे । सम्झौता लगत्तै ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर प्रसारण लाइनको उद्घाटन गरे । त्यसबाट अहिलेसम्म ३७० मेगावाट विजुली नेपाल आएको छ । भारतबाट आएको ३७० मेगावाट, नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादन ३६५ मेगावाट र निजी प्रवद्र्धकहरुबाट १६२ मेगावाट विद्युत अहिले प्राधिकरणसँग छ ।  ओलीकै सरकारले सम्भव भएका ठाउँमा विद्युत भार कटौती गर्न सोलार जोड्न लगायो । बिग्रेका ट्रान्सफर्मरले घाटा भइरहेको विजुली जोहो गराउन करिव ४ सय नयाँ ट्रान्सफर्मरहरु जडान गर्न लगायो । यति काम सकिनै लागेका बेला असारमा अविश्वास प्रस्ताव ल्याएर ओली सरकार ढालियो । भदौदेखि काठमाडौं उपत्यकामा अघोषित रुपमा लोडसेडिङ हुन छोडेको थियो । त्यसैबेला अर्काे सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी नियुक्त गर्यो । अनि घिसिङले बाजा बजाएर काठमाडौं उपत्यका लोडसेडिङ मुक्त भएको घोषणा गरे । कुलमानले पावर मेनेजमेन्टमा सकारात्मक भूमिका खेले ।

सकारात्मक थालनीको सकारात्मक नतिजा आयो, विस्तारै लोडसेडिङ हट्यो । राम्रो भयो ।   तर, यतिमा कुरा सकिएन । लोडसेडिङ हटाउने योजना बनाएर काम गरेका ओलीलाई पागल भनेर खेद्नेहरुले र अहिले लोडसेडिङ गराउने खलपात्र केपी ओली भएजस्तो गरी प्रचार गर्ने गरेका छन् । हाम्रा आमसञ्चारका माध्यमहरु पनि यति छिटै विगत विर्सेर प्रस्तुत हुन्छन् कि त्यही काम थाल्दा केपी ओलीलाई पागल घोषणा गरे र ओलीले थालेको त्यही काम सम्पन्न हुँदा ओलीलाई खलपात्र र कुलमानलाई हिरो बनाए ।   ओलीले गरेको कामको जस लिन माओवादीले चुनावी नारा नै बनाएको छ ।

उज्यालो नेपाल कुलमानले बनाएकाले त्यो माओवादीले गरेको रे । हुँदा हुँदा अहिले माओवादीको एउटा नारा छ, ‘गफ गर्नेलाई सुनौं, काम गर्नेलाई चुनौं । काम त माओवादीले सिन्को भाँचेन, कठीन बेलामा योजना बनाएर केपी ओलीले गरेको प्रयासले नै अहिले नेपाल उज्यालो भएको छ । माथिका तथ्य र लोडसेडिङ हट्नु भन्दा एक वर्ष अघि ओलीले गरेको संकल्पले यो सबै प्रमाणित गर्दैन र ?

https://youtu.be/MPq3k0OVETk

-चक्रपथ बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah