इटहरी । नेपाल सरकारले सन् २०२०मा २०लाख पर्यटकहरु भित्र्याउने लक्ष्य सहित नेपाल भम्रण वर्ष घोषणा गरेर भम्रण वर्ष सफल वनाउन विभिन्न कार्यहरु गर्दै आएको समयमा निजी स्तरबाट पनि सरकारी घोषणालाई सफल वनाउन पर्यटन प्रवद्र्धवमा टेवा पुर्याउने कामहरु हुदै आएका छन ।
पुर्वी नेपालमा समेत निजी स्तरबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रहरु वनाउने क्रम पनि तिव्र रुपमा हुन थालेका छन । सहरी करण तर्फ अघि बढदै गरेको मोरगंको बेलवारी नगरपालिका ३मा पर्यटन व्यवसायका क्षेत्रमा राम्रो दखल राख्ने एक दमपतीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने फन पार्क निर्माण कार्यलाई तिव्रता दिएका छन । आगामी जनवरी देखि सञ्चालनमा ल्याउने लक्ष्य सहित निर्माण भई रहेको ड्रिमल्याड फन पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको सञ्चालिका सुषमा आचार्य सुवेदीले वताइन ।
साना साना नानीबाबु देखि ठुला मानिसहरुलाई समेत आकर्षित गर्ने गरी फन पार्क निर्माण भई रहेको जानकारी गराउदै उनले पुर्व क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रहरु घुमेर बेलवारीमा सुविधा सम्पन्न होटलमा बास वसाउने लक्ष्य सहित होटल रेष्टुरेट सहितको पार्क निर्माण गरिएको वताइन । लामो समय देखि पर्यटन व्यवसाय क्षेत्रको अनुभव संगालेर आफनै ठाउँमा केही गरौं भन्ने सोच राखेर ड्रिमल्याण्ड फन पार्क सहितको होटल सञ्चालनमा ल्याउन लागेको अर्का सञ्चालक विजय सुवेदीले वताए ।
कृषि र पर्यटनलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको भनिएपनि पर्यटन व्यवसायलाई सहयोग पुग्ने काममा सरकारी निकायहरुले ध्यान दिन नसकिरहेको उनले गुनासो गरे । पर्यटन व्यवसायको विकासका लागि सरकारले विद्युत ,पानी , कर लगायतमा सहुलियत व्यवस्था गरे अझ आकर्षण बढ्ने उनले वताए । नेपाल भम्रण वर्ष २०२०लाई नै लक्षित गरी सञ्चालनमा ल्याउन लागेको पार्क १० करोडको लागतमा पुरा हुने लक्ष्य राखिएको छ । व्यवसाय सञ्चालन मात्र नभएर स्थानीय क्षेत्रको विकासमा समेत टेवा पुर्याउदै आफुमा भएको सिप र क्षमता आफनै ठाउँमा खर्चनु संदेस समेत ड्रिमल्याण्ड फन पार्कले दिने सञ्चालकहरुले विश्वास लिएका छन ।



