भारतीय टेलिभिजनको लोकप्रिय गेम शो कौन बनेगा करोडपतिको ११औं सीजन चार दिनपछि बन्द हुँदैछ ।

शो शुरू हुनुअघि नै शोका सबै योजना आधिकारिक रूपमा घोषणा गरिसकिएको थियो । केबीसीका होस्ट अमिताभ बच्चनले यसपालि केबीसी १३ हप्ता मात्र चल्ने र सीजनमा कुल ६५ एपिसोड हुने बताएका थिए ।

यसपालि शोमा हप्ताको चार दिन प्रतियोगीहरूले आफ्नो प्रतिभा देखाए । शुक्रवारको दिन चाहिँ कर्मवीर एपिसोड राखियो । रियल लाइफ हिरोहरूले त्यसमा प्रश्नको जवाफ दिए ।

यसपालि केबीसीमा सात करोड भारु पुरस्कार राखिएको थियो । त्यसका लागि प्रतियोगीहरूले १६ प्रश्नको सही उत्तर दिनुपर्ने हुन्थ्यो । तर अहिलेसम्म कुनै पनि प्रतियोगीले सात करोड जित्न सकेको छैन ।

चार प्रतियोगीले भने एक करोड भारु जितेका छन् ।

केबीसीको यस सीजनको अन्तिम एपिसोड शुक्रवार प्रसारण गरिनेछ । त्यो नै फिनाले एपिसोड हो ।

यस सीजनको टीआरपी चार्टमा केबीसी सधैं शीर्ष १० मा रहन सफल रह्यो ।

शोका होस्ट अमिताभ बच्चन केही दिनअघि स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना भएका थिए । उनको खराब स्वास्थ्यका कारण शो छिट्टै बन्द हुन लागेको खबर आएको थियो । तर शोको आरम्भमै बच्चनले शोको अन्तिम एपिसोडको डिटेल पनि दिएका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah