काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ ।
हिजो मंगलबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



