एजेन्सी/ बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन् ।

हालै काजोलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रशंसकसँग प्रश्नोत्तर ढाँचामा अन्तर्क्रिया गरिन् र प्रशंसकको सबै प्रश्नको जवाफ दिने बचन पनि दिइन् । उनलाई एक प्रशंसकले यदि अजय देवगनलाई नभेटेको भए के शाहरुखसँग विवाह गर्नुहुन्थ्यो भनेर सोधे । यसमा काजोलले जवाफ दिइन्, ‘के पुरुषले प्रपोज गर्नु हुँदैन ?’ काजोललाई शाहरुख खानसँग अब कहिले काम गर्नुहुन्छ भनेर प्रश्न सोधियो यसको जवाफमा उनले भनिन्, ‘यहि प्रश्न शाहरुख खानलाई सोध्नुहोस् ।’

स्मरण रहोस्, काजोलले शाहरुख खानसँग ‘दिवलाले दुल्हनिया ले जाएंगे’, ‘बाजिगर’, ‘कुछ कुछ होता हे’, ‘कभी खुसी कभी गम’, ‘माई नेम इज खान’, ‘दिलवाले’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन् ।

कामको कुरा गर्ने हो भने काजोल ‘तानाजीः अनसंग वारियर’ मा देखिनेछिन् । यो फिल्ममा उनी आफ्ना श्रीमान् अजय देवगनसँग देखिनेछिन् । यो फिल्ममा सैफ अली खान खलनायकको भूमिकामा छन् । फिल्म २०२० को जनवरी २० मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah