नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला रु ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार निर्धारण गरेको छ ।

नेपाली बजारमा बिहिबार छापावाला सुन प्रतितोला रु ७१ हजार र तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले बढेको छ । बिहिबारचाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो भने आज शुक्रबार ८५० मा कारोबार भैरेहेको महासङ्घले जनाएको छ ।



