-अर्जुन थपलिया

सिरहा । सन् १९९५ मा मद्रासमा भएको सातौँ साफ खेलमा रेसलिङ्ग तर्फ स्वर्ण पदक जितेका एक खेलाडी अहिले भैंसीको भकारो सोहर्दै छन् । कुनै बेला आफ्नो खेल कौशलले देशको नाम उच्च बनाएका धनगढीमाई नगरपालिका ९ का जनक यादवलाईे जीवन पाल्न अहिल भैंसीको भकारो सोहर्नु परेको छ । आफ्नो जवानीको उमेरमा राष्ट्रको प्रतिष्ठा बढाउन खेलेका ५४ वर्षिय यादवले अहिले जीविका चलाउन २ वटा भैंसी पालेका छन् । बैशाखी टेकी टेकी भैंसीको भकारो सोहर्ने , घाँस काट्ने , भैंसी चराउने,दुहुने र दुध बेच्ने अहिले उनको दिनचर्या बनेको छ ।

उनले जीविका चलाउन गत वर्षसम्म गागन खोलामा गिट्टी चाल्ने काम समेत गरे । गत वर्ष सम्म पनि कुस्ती खेलीरहेका यादवको गत वर्ष असोज ९ गते  सिरहामै छनौट चरणको खेलमा खेल्दाखेल्दै लडेर खुट्टा भाच्चियो । त्यसपछि बैशाखीको सहारामा हिंडडुल गर्छन् । यादव भन्छन्, ‘सरकारसँग उपचारको लागि सहयोग माग्न गएँ तर कहिं कतैवाट एक पैसा पनि सहयोग पाइएन । सम्पतिको नाममा भएको जम्मा ४ कट्ठा जमिन साहु कहाँ बन्धकी राखेर २ लाख ऋण लिएर भाँच्चिएको खुट्टा अपे्रशन गराएँ ।  अहिले २ वटा भैंसी पालेको छु ।’ आफ्नै लवजमा उनले भने ‘दुहली, गारली – बेचली आ खेली’ अर्थात निथारेर भैंसी दुहुन्छु – दुध बेच्छु  र खान्छु ।

कुनैबेला मिथिलाञ्चल क्षेत्रमा जनक नामुद पहलवान थिए । उनको नाम सुनेर टाढा टाढावाट मानिसहरु कुस्ति खेल हेर्न आउँथे । नेपालको सिरहा, सप्तरी , धनुषा, सर्लाही, महोत्तरी ,सुनसरी मोरङ्ग र झापामा उनलाई हराउन सक्ने अर्को पहलवान थिएनन् । भारतको बिहारबाट पनि कुस्ति खेल्न यादवलाई निम्तो आउँथ्यो । यादव भन्छन्, ‘जीवनमा सयकडौ होईन हजारौ पहलवानलाई मैले चीत पारे ( खेलमा हराए ) तर अहिले आफंै चीत परेर चित्त बुझ्यो । ’ यादवले ३ छोरीलाई लेखपढ गराउन सकेनन् । विवाह गरिदिए ।  रेसलिङ्ग खेलमा अत्यन्त अभिरुची राख्ने यादवले एकमात्र छोरालाई तेल ट्याङ्करको ड्राईभर बनाए ।  खेलमा लागेर आफूले ३ छोरी र १ छोरालाई पढाउन लेखाउन नसकेको तिक्त अनुभव सुनाउँदै यादव भन्छन्, ‘बरु उहिले उहिले स्थानीय जमिन्दारहरुले पहलवान पाल्थे । २÷४ बिगहा जग्गा दिन्थे । सरकारले त त्यति पनि गर्न सकेन । ’ स्वर्ण पदक विजेता यादव अहिले एउटा सानो झुपडीमा जीवन निर्वाह गर्दैछन् ।

अन्तर्राष्ट्रिय खेल खेल्न चितवनको सौराहामा १ वर्षको कठिन तालिम लिएको उनी बताउँछन् । बङ्गलादेशमा भएको साफ खेलमा पनि यादवले भाग लिएका थिए । पाकिस्तानमा हुने खेलमा पनि उनी छनौट भएका थिए तर त्यहिबेलामा दरवार हत्या काण्ड भएकोले त्यहाँ जाने कार्यक्रम रद्द भयो ।  खेल जीवनमा पाएका प्रमाण पत्र र मेडलहरु एउटा थोत्रो झोलामा थन्क्याएर राखे पनि साफ खेलमा जितेको स्वर्ण पदक भने उनी कहिलेकाहीँ गलामा भिरेर हिड्छन् । गलामा भिरेको स्वर्ण पदक देखाउँदै यादवले भने, ‘के गर्नु गलामा पहिरिएर पेटको भोक मर्दैन । यसलाई पखालेर खान पनि मिल्दैन ।’

गागन खोलाको तीरमा उनले बनाएको “अखाडा”अझै जस्ताको तस्तै छ । स्वेच्छाले रेसलिङ्ग सिक्न आउनेहरुलाई उनी दाउपेच सिकाई दिन्छन् तर खेलवाट जीवन चल्दैन भनेर अर्ती दिन पनि भुल्दैनन् । यादव भन्छन् , ‘मलाई सरकारले गुजारा चलाउने जोहो गरिदिएको भए गाउँ गाउँ घुमेर रेसलिङ्ग खेल सिकाउँथें । खेलाडी उत्पादन गर्थें । तर सरकारले भन्यो तिमी यादव, यादव भनेको ग्वाला हो भैंसी चराएर खाउ ।’

स्वर्ण पदक विजेता यादव भन्छन् , ‘सिरहावाटै चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री भए पछि केही आशा पलाएको थियो । खेलकुद परिषद र सरकारको विभिन्न मन्त्रालयमा आर्थिक सहयोगको लागि निवेदन हाले तर कतैवाट कुनै सहयोग भएन ।’ ‘कम्तीमा मेरो उपचार गर्दा लागेको ऋण सरकारले तिरी देओस्,’ यादवले सरकारसँग आग्रह गरेका छन् ।

जनतासञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah