नेकपा एमालेले सरकार र सत्तारुढ दल स्थानीय तहको निर्वाचन नगर्ने चलखेलमा लागेको निष्कर्ष निकालेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
यस्तै, एमालेले आइतबार स्थानीय तहको प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुंगो लगाइने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो ।
भट्टराईका अनुसार सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन र ललितपुरको अधिंकाश उम्मेदवार टुंगिएको र बाँकीमा आइतबारसम्म टुंगिने जानकारी दिनुभयो । त्यसैगरी, प्रदेश नम्बर ६ मा सबै उम्मेदवारको टुंगो लागिसकेको र उनीहरुलाई मनोनयनको प्रमाणपत्र समेत पठाइसकेको जानकारी दिइएको छ ।



