काठमाडौं/यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’मा शिर्ष भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। जसमा उनलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ। उनी लामो कपाल र जुँगामा क्रोद्धित मुद्रामा देखिएका छन्।

फिल्ममा उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन्। फिल्मका मुख्य कलाकारद्वय प्रदिप खड्का र मनिष राउतको पिता बनेर अभिनय गरेका श्रेष्ठको लुक्सले दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ।

शिवको लुक्स सार्वजनिक गर्दै फिल्म युनिट आउटडोर छायांकनका लागि मनाङ प्रस्थान गरेको छ। हालसम्म महिनौं लगाएर निर्माण टिमले कीर्तिपुरमा इनडोर सेटमा फिल्मको छायांकन गरिएको थियो। झण्डै आधा छायांकन त्यहाँ गरिएको छ।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको फिल्ममा सन्तोष सेनको लगानी छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्। निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा ‘प्रेम गीत’कै अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा छन्। भने ‘गीत’ पात्रको भूमिकामा क्रिस्टिना गुरुङले काम गरेकी छन्।

त्यस्तै प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ।

सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, चलेका कलाकार लगायतका कारण ‘प्रेम गीत ३’ चर्चामा छ। फिल्मको डिजिटल राइट्स झण्डैं १ करोडमा बिक्रि भैसकेको छ।

पूर्ण प्रेमकथामा निर्माण हुने फिल्म चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah