काठमाडौं, १७ वैशाख । एमालेको बैठकमा स्थानीय तहका उम्मेदवार चयनका विषयमा पनि छलफल भएको छ । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ ।

बैठकमा प्रदेश–३ की संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश–६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारको नामावली प्रस्तुत गरेका थिए । राजधानी दैनिकले समाचार छापेको छ ।

बैठकमा चारओटै महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको विषयमा छलफल भएको थियो । बैठकमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारबारे छलफल सुरु भएको हो ।

चारओटै माहानगरपालिकाको मेयर र उपमेयरका लागि सम्बन्धित कमिटी, प्रदेश कमिटी हुँदै स्थायी कमिटीमा उम्मेदवारको नाम पेस भएको छ ।

एक नेताका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुषालको नाम पेस भएको छ ।

त्यस्तै, उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारीको नाम प्रदेश–३ संयोजक शाक्यले प्रस्ताव गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितको नाम चर्चा भए पनि उनको नाम बैठकमा पेस भएको छैन । तर, जिल्ला कमिटीले सिफारिस नगरेको केन्द्रीय सदस्य सावित्रा भुषालको नाम प्रदेश कमिटीले बैठकमा प्रस्ताव गरेको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा भने एकजनाको मात्रै नाम सिफारिस भएको छ । मेयरका लागि ललितपुर जिल्ला कमिटीका वर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको नाम मात्रै बैठकमा पेस भएको हो । उपमेयरमा भने ईशा बज्राचार्य र शुकमाया तमाङको नाम बैठकमा छलफलका लागि प्रस्ताव गरिएको छ ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि देवी ज्ञवाली, विजय सुवेदी र केशवलाल श्रेष्ठको नाम स्थायी कमिटी बैठकमा पेस भएको छ । उपमेयरका लागि विद्या आचार्य र पार्वती रावलको नाममा प्रस्ताव गरिएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरको नाम स्थायी कमिटीमा प्रस्ताव गरिएको छैन । तर, प्रदेश कमिटीले मेयरका लागि कृष्ण थापा, मानबहादुर जिसी, मित्रकुमारी गुरुङ सुवेदी र उपमेयरका लागि प्रभा कोइराला, मन्जु गुरुङ र देवका पहारीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

एमालेले प्रदेश–६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रूपमा सबै उम्मेदवार तय भइसकेको जनाएको छ ।

एमालेले सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरूको टुंगो लगाएको छ ।

प्रदेश–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । चयन भएका उम्मेदवारलाई पार्टीका तर्फबाट उम्मेदवारहरूको प्रमाणित पत्र समेत पठाइसकिएको जानकारी दिएको छ । महानगरपालिका र उपमहानगरपालिकामा पनि सर्वसम्मत रूपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको एमालेले जनाएको छ । एमालेले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्रसमेत तयारी गरिसकेको छ । सो घोषणा पत्र आइतबार सार्वजनिक गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah