काठमाडौं- आज शनिबार । बालबालिकाको विद्यालय छुट्टी । विद्यालय जाने बालबालिकाको हेरचाहमा अभिभावक बढी खटिँदा उनीहरुको व्यवहारले आजित बनाएर बानी सुधार्न गाली गर्ने र पिट्ने पनि गरिन्छ । यो कदापी राम्रो होइन ।
बालबालिकालाई जे कुरा पनि सम्झाएरमात्र सिकाउन सकिने बाल मनोवैज्ञानिकहरुले बताएका छन् ।

केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो। धेरै नराम्रो प्रतिक्रिया पनि आयो। के बच्चालाई यसरी पिट्नुहुन्छ त ?

अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन्। सङ्कटा मन्दिरमा दर्शन गर्न आउएका रश्मि अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाए। त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो। सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिए र आमालाई सम्झाएर पठाए ।

कार्की भन्छन्, ‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ, त्यसैले रगत बगेको हो।’ यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न सुझाव दिन्छन् । बच्चाले दुःख दिएकाले पिटेको प्रतिक्रिया दिँदै अधिकारीले भने, ‘विस्तारै गरे जस्तो लागेको थियो रगत नै आयो अबदेखि कहिले पिट्दिनँ, म त धेरै डराएकी छु।’ यो त एउटा प्रत्यक्ष देखिएको घटना मात्र हो। यस्तो घटना धेरै घरघरमा भइरहेको हुन्छ।

‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’ मनोविश्लेषक बासु आचार्यले भने, ‘बच्चालाई सही बाटोमा डोहोर्‍याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन। बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ।’

जब बालबालिकालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ भन्दै उनले भने,‘बच्चाहरू झन् आक्रामक, आपराधिक मनोवृत्तिका हुन सक्छन्।’

यता मानसिक समस्या सम्बन्धित चिकित्सक डा. सरोज ओझा भन्छन्,‘बालबालिकालाई पिट्ने, गाली दिने जस्तो कार्यले उनीहरूमा नकारात्मक सोचाइ पैदा हुन्छ, त्यस्तो गर्नु हुन्न। विश्वका कुख्यात अपराधीहरूको पृष्ठभूमि पढ्नुभयो भने थाहा हुन्छ, जसले बाल्यकालमा यातना, पीडा, वियोग भोगका छन्, उनीहरूमा विकृत मानसिकता पैदा हुन्छ।’

डा. ओझाका अनुसार बच्चालाई शारीरिक दण्ड दिनुहुन्छ, पिट्नुहुन्छ भने त्यसले बच्चाको सुधार हुँदैन भने यस्तो व्यवहारले अनुशासित पनि हुँदैन। वास्तवमा यस किसिमको कारबाहीले बच्चामा काम गर्नका लागि आन्तरिक प्रेरणा जगाउनु जरुरी हुन्छ।

मनोविश्लेषक आचार्यले बालबालिकालाई कहिले पिट्ने कहिले माया गर्ने जस्तो व्यवहार पनि गर्न नहुने सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah