मधेशी मोर्चालाइ निर्वाचनमा ल्याउन र यो अवस्था नभएर निर्वाचन नै नहुने भनेर भारतीय राजदूत राजधानीमा चहलखेल गरिरहेकाबेला नयाँ रहस्य खुलेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर नै संबिधान शंशोधन प्रस्ताव पास नभए चुनाव नहुने भन्दै ओलीलाइ ब्लाकमेलको भाषामा राजदूतले संबिधान शशोधन प्रस्ताव पास गर्न दबाब दिन खोजिएको श्रोतको भनाइ रहेको छ । भारतीय राजदूत मञ्जिभ सिंह पुरीले संसद्बाट संविधान संशोधन पारित नभए कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नहुने दाबी गरेका थिए ।
भारतीय राजदूत पुरीले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उनको बालकोटस्थित निवासमा भेट गरी स्थानीय तहको निर्वाचन हुन पनि संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पारित हुनै पर्ने, नभए कुनै हालतमा चुनाव नहुने स्पष्ट सन्देश सुनाएको स्रोतले बतायो । संशोधन प्रस्ताव पारित नभए मधेस केन्द्रित दल चुनावमा नआउने उनको संकेत थियो ।
भारतीय राजदूत पुरीको भारतको सो सन्देश भारतको आधिकारिक धारणा हुन सक्ने भन्दै ओलीले राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापामार्फत सरकारलाई जानकारी गराइसकेका छन् । ओली र कमल थापाबीच बिहीबार भेटवार्ता भएको थियो ।
मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउने गरी केही दिनयता भारतीय राजदूत पुरी सक्रिय हुँदै आएका छन् । पुरीले केही दिनअघि मात्र ६ वटा मधेस केन्द्रित दलका अध्यक्षलाई लैनचौरस्थित दूतावासमा बोलाएर छलफल गरेका थिए । आफूहरू चुनावमा सहभागी हुन एमालेको अडान बाधक बनेको उनीहरूको निष्कर्षपछि भारतीय राजदूत पुरीले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको उच्च स्रोतले बतायो ।



