काठमाडाैं/ काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य शुरू भएको छ ।दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिनेछ भन्नुभयो । उहाँले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे।

मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उनले दिए। मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उहाँले स्पष्ट पारे।

उनले भने, ‘अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उनले बताए।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना मन्त्रालयको रहेको जानकारीसमेत उनले दिए। प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया सहितको अनुगमन टोलीले मङ्गलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah