काठमाडाैं/फिल्म ‘स्टुडेन्ट अफ दी इयर’ पछि आलिया भट्टले बलिउडमा एक छत्र राज गरिन् ।
एकपछि अर्को गर्दै धेरै उत्कृष्ट फिल्म दिइन् । आलियालाई फिल्ममा मात्रै होइन उनका फ्यानले सोसल मिडियामा उत्तिकै पछ्याए ।
उनी इन्स्टाग्राममा आफ्ना आकर्षक र सेक्सी फोटो र भिडियो शेयर गर्छिन् । इन्स्टाग्राममा उनका ४० मिलियनभन्दा धेरै फलोअर्स छन् ।
आलियाले २०१२ मा करण जोहरको फिल्म स्टुडेन्ट अफ दी इयरबाट बलिउडमा डेब्यु गरेकी हुन् । यो फिल्ममा आलियाको चार्मिङ लुक र उनको एक्टिङ निकै मन पराइएको थियो ।
फिल्मा उनको साथमा सिद्धार्थ मल्होत्रा र वरुण धवन थिए । यसपछि आलियाले हाइवे, टु स्टेट्स, हम्टी शर्माकी दुल्हनियाँ, उडता पञ्जाब, राजी, डियर जिन्दगी, बद्रीनाथकी दुल्हनियाँ, कलंक र गली ब्वाईजस्ता फिल्ममा काम गरिन् ।
आलियाको नाम अहिले अभिनेता रणवीर कपुरसँग जोडिएको छ । दुवै प्रायः एकसाथ देखिन्छन् ।
एक अवार्ड कार्यक्रममा आलियाले भी रणवीरलाई ‘आई लभ यु’ भनेर आफ्नो प्रेम प्रकट गरेकी थिइन् । खबरअनुसार दुवै छिट्टै विवाहबन्धनमा बाँधिने तयारीमा छन् ।
आलियाका सडक २, ब्रह्मास्त्र, तख्त र गंगुबाईजस्ता फिल्म आउँदै छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।



