एजेन्सी / बलिउडमा चर्चामा आइरहने अभिनेता हुन् शाहरुख खान । बलिउडका बादशाह भनेर पनि चिनिने शाहरुख खान केहि सामयदेखी फिल्ममा देखिएका छैनन् । उनी फिल्म जिरो फ्लप भएपछी कुनै फिल्ममा देखिएका थिएनन् । तर अब भने उनी नयाँ फिल्ममा देखिने भएका छन् ।
भारतिय मिडियाका अनुसार अब अभिनेता शाहरुख एक्सन थ्रिलर फिल्ममा देखिने भएका छन् । उनले उक्त फिल्मको लागी साइन समेत गरेको बताइएको छ । उनले हालसम्म अन्य फिल्ममा खेल्ने कुरा थियो तर उनले साइन गरेका थिएनन् । अब भने उनले आफुले रोजे जस्तै फिल्म पाएका छन् । उनले निर्देशक जोडी राज निदिमोरु कृष्णा डीकेसँग फिल्म गर्न लागेको बताइएको छ ।



