राप्रपा सरकारबाट बाहिरीने तयारी गरेको छ । सम्भवत आजै सरकार छाड्ने तयारीमा रहेको श्रोतको भनाइ रहेको छ । यसबारे राप्रपाको औपचारिक धारणा आइसकेको छैन । यदि आजै सरकारबाट राप्रपा नबाहिरिएको अवस्थामा पर्ख र हेरको अवस्थामा रहन सक्ने जनाइन्छ । सरकार तत्काल छाड्ने की नछाड्ने भनेर उपप्रधान एवं स्थानीय बिकास मन्त्री रहेका कमल थापाले निकटस्थहरुसग सल्लाह गरिरहेको बुझिएको छ । प्रधानन्याधिश शुशिला कार्कीलाइ लगाइएको महाअभियोगको बिपक्षमा राप्रपा अध्यक्ष थापाले आफ्नो धारणा ट्विट गरिसकेकाछन् ।



