काठमाडौंको टेकुस्थित एक छापाखानामा भीषण आगलागी भएको छ । पचलभैरव पछाडि रहेको छापाखानामा लागेको आगो नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न जुद्ध वरुण यन्त्रको दुई वटा दमकल घट्नास्थल पुगिसकेको दमकल कार्यालयले जनाएको छ । आगो भीषण रहेकोले भक्तपुर,ललितपुर र प्रहरीको समेत दमकल झिकाइएको छ । आगलागीको कारण र क्षतिबारे विवरण आउन बाँकी छ ।



