प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउने काँग्रेस र माओवादी केन्द्रको कदमप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपतिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएर त्यसप्रसित असन्तुष्टि व्यक्त गरेकी हुन् । श्रोतका अनुसार निर्वाचनको मुखमा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउँदा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको सन्तुलन बिग्रने र निर्वाचनका लागि प्रतिकुल वातावरण सिर्जना हुन सक्ने भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेको शीतलनिवास स्रोतको दाबी छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा मन्त्रीपरिषदको कार्यकारी अधिकारमा हस्तक्षेप गरेको, न्यायपालिकामा न्यायाधीशहरुप्रति पक्षपातपूर्ण व्यवहार गरेको तथा गुटबन्दी गरेको जस्ता अरोप लगाउँदै कार्कीविरुद्ध आइतबार सत्तारुढ काँग्रेस र एमालेका २४९ जना सांसदले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

त्यसबारे संसद सचिवालयले पठाएको पत्र पुगेपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् । यद्यपि राष्ट्रपतिले असन्तुष्टि जनाए पनि महाअभियोग प्रक्रिया र प्रधानन्यायाधीश कार्कीलाई निलम्बनमा पर्नबाट जोगाउन सक्दिनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah