काठमाडौं/ हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता राम लिम्बु बनेका छन् । उनि कोच प्रमोदको टिमबाट दोश्रो सिजनको विजेता भएका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’ को विजेताको चयन अन्तिम चारबाट गरिएको थियो ।अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ । काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो ।
हजारौ दर्शकको विचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत थियो ।
यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।



