रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ ।

यो खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या सिर्जना भएको छ।

निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनीको व्यवस्था हुन नसके दुई युवाको ज्यानसमेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हार गुहार गरिरहेका छन् ।

साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला कम्पनीमा कार्यरत सार्खु ८ मकवानपुरका २७ वर्षीय दिनेश गोले र मध्यबिन्दु ४ नवलपरासी घर भई साउदीको दमामस्थित हसिन अल हार्बी कम्पनीमा कार्यरत ३६ वर्षीय थानेश्वर भुषालको मुद्दामा फैसला सुनाउँदै साउदीका छुट्टाछुट्टै अदालतले ब्लड मनी बुझाउन भनेका हुन् ।

साउदीका अदालतले गोले र भुसाललाई ब्लड मनी बुझाउने फैसला दिइसकेको त्यहाँस्थित नेपाली दूतावासमार्फत परिवारलाई जानकारी गराएको छ।

भुषालको मुद्दामा दमामको अदालतले एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको हो । दिनेशलाई अदालतले तीन लाख रियाल (करिब ९० लाख रुपैयाँ) ब्लड मनी मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah