काठमाडौँ/ नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो मंगलबार पनि प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




