एमाले घोषणापत्रका २७ विकासे सपनाहरु यस्ता छन् :

एमाले घोषणापत्रका २७ विकासे सपनाहरु यस्ता छन् :
१. नेकपा (एमाले) सरकारको नेतृत्वमा विकसित हुने अर्थतन्त्रले आत्मनिर्भतामा आधारित हुँदै आन्तरिक बजारलाई सुदृढ गर्नेछ । आगामी १० वर्षभित्रमा विकसित देशका बजारमा प्रतिस्पर्धात्मक किसिमले स्थापित हुने गरी अहिलेदेखि नै निर्यात प्रवद्र्धन उद्योग व्यवसायलाई स्थापित गरिने छ । सुरु पाँचवर्षको अवधिमा नेपाली अर्थतन्त्रलाई प्रतिव्यक्ति आम्दानीका दृष्टिले दक्षिण एशियाको अग्रणी स्थानमा पुर्‍याइनेछ ।

२. निजी क्षेत्रलाई आजको विकसित प्रविधि र पर्याप्त साधनश्रोतले युक्त बनाइने छ । आगामी १० वर्षपछि नेपाली जनताको प्रतिब्यक्ति आम्दानी १० हजार अमेरीकी डलर भन्दा बढि हुनेछ ।

३. राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सम्भव श्रोत र साधन परिचालित गरी आगामी १० वर्षमा नदी प्रवाह प्रणालीबाट १० हजार, जलाशययुक्त परियोजनाबाट २५ हजार, जैविक ऊर्जाबाट करिव १० हजार, हाइड्रोजन ऊर्जाबाट करिव १० हजार र सौर्य ऊर्जाबाट करिव २ हजार गरी जम्मा करिव ५७ हजार मेगावाट विद्युत् उत्पादन गरिने छ । त्यसवेलासम्म पनि गरिबीको रेखामुनि रहेका परिवारलाई आवश्यक पर्ने सम्पूर्ण विद्युत् नि:शुल्क उपलब्ध गराइने छ ।

४. नेकपा(एमाले)को सरकारले आगामी ५वर्षभित्र सम्पन्न हुने गरी उच्चस्तरको प्रविधि प्रयोग गरेर सबै राजमार्गहरुको विस्तार तथा स्तरोन्नत गर्ने कामलाई उच्च महत्वका साथ बढाउने छ । १३ सय किमि लामो तराईको हुलाकी राजमार्गलाई ४ लेनको रुपमा स्तरोन्नत गरिने छ । त्यसै गरी पूर्व–पश्चिम राजमार्गलाई ८ लेनमा स्तरोन्नत गरिने छ ।

५. पूर्व–पश्चिम राजमार्गको समानान्तर करिव १ हजार कि.मी. तीव्र गतिको अत्याधुनिक रेल सञ्चालन गरिने छ । मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर करिव १३ सय कि.मी. तीव्र गतिको अत्याधुनिक रेल सञ्चालन गरिने छ । निर्माण गरिने औद्योगीक करिडोर राजमार्गको समानान्तर करिव १३ सय कि.मी.तीव्रगतिको अत्याधुनिक रेल सञ्चालन गरिने छ । । राजधानीमा भित्री चक्रपथको समानान्तर करिव २५ कि.मी. अत्याधुनिक मेट्रो रेल सञ्चालन गरिने छ । त्यसै गरी बाहिरी चक्रपथमा मेट्रो रेल सञ्चालन गरिने छ ।

६. एमाले सरकारले आगामी १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्नेछ । यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक, सुविधासम्पन्न हुने गरी विस्तार तथा स्तरोन्नत गरिने छ । आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक तथा हवाइ–हबका रुपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने छ । १० वर्षसम्म अन्तर्राष्ट्रिय उडानका लागि ठूला (Wide Body) विमान ५० र साना (Narrow Body) विमान ५० पुर्‍याउने गरी अहिलेदेखि नै व्यवस्था गरिने छ । त्यसै गरी आन्तरिक उडानका लागि साना ठूला ५० विमान पुर्‍याउने व्यवस्थापन गरिने छ ।

७. अब भने नेकपा (एमाले) संभाव्यता अध्ययनमा मात्र सीमित रहेको अवस्थालाई अन्त्य गर्दै साँच्चिकै नेपाल नदी र महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाज चलाउन जलमार्ग विकास गर्ने ठोस निष्कर्षमा पुगेको छ । नेकपा (एमाले) को सरकारले आगामी १० वर्षमा सम्पन्न हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलमार्गको विकास गरी हिन्द महासगर लगायत सबै महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाजहरु सञ्चालन गर्नेछ ।

८. नेकपा(एमाले) सरकारले आगामी ५ वर्षमा सम्पन्न हुने गरी पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण स्थानमा केवलकार सञ्चालन गर्नेछ । प्राथमिकताका आधारमा पहिले भिङ्ग्री–स्वर्गद्वारी, बुढानिलकण्ठ–शिवपुरी, गोदावरी–फुलचोकी, बालाजु–नागार्जुन, वाह्रवीसे–कालिञ्चोक, फुङलिङ–पाथिभरा, बिरेठाँटी–रानीपौवा, पोखरा– जोमसोम–मुक्तिनाथ, साँफेवगर–रामारोशन, मार्तडी–बडिमालिका, तमघास–रेसुङ्गा, दिपायल–खप्तड र पाँचखाल–पलाञ्चोकमा केवलकार सञ्चालन गरिने छ ।

९. आगामी ५ वर्षभित्र नेपालको जनसंख्या भन्दा २ गुणा बढि जनसङ्ख्यालाई खान पुग्ने कृषि उत्पादन बृद्धि गरी १सय २० लाख मेट्रिक टन प्रमाणित अर्गानिक खाद्यन्न निर्यात गरिने छ ।

१०. ५ वर्षभित्र घरबारविहीन सुकुम्बासी, पूर्व कमैया–कमलरी र पूर्व हलिया, लोपोन्मूख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, राउटे, कुसुण्डा, दमाई, सार्की, कामी, आदि पछाडि परेको जातिका प्रति परिवारलाई विकसित गरिने शहरमा सुविधासम्पन्न एक घर लालपूर्जासहित नि:शुल्क उपलब्ध गराइने छ । साथै ‘एक परिवार एक रोजगार’ पहिलो वर्षमै लागु गरिने छ ।

११. आगामी ५ वर्षमा सम्पूर्ण कृषि योग्य भूमिमा आधुनिक सिँचाइ प्रणालीबाट सिँचित गर्ने गरी सिचाइका पूर्वाधार निर्माण गरिनेछ । आगामी ५ वर्षभित्रमा तराई र भित्रि तराईका कृषिभूमि सिँचाइ गर्न निम्नानुसारका नदी डाइभर्सन प्रणाली संचालन गरिने छ । कर्णाली–पन्डुन–गोलटीटार डाइभर्सन निर्माण गरी कैलाली जिल्लाको सम्पूर्ण कृषिभूमि सिँचाइ गरिने छ । भेरी–बबई डाइभर्सन निर्माण सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको कृषिभूमि सिँचाइ गरिने छ ।

१२. ‘एक टोल एक पोखरी’ निर्माण अभियान संचालन गरी तीन वर्षभित्रमा सबै ताल तलैया, पोखरीहरुको संरक्षण तथा कृत्रिम पोखरीहरुको निर्माण गरिने छ । बाढी, पहिरो, भूक्षय, नदी नियन्त्रण तथा जलाधार क्षेत्र संरक्षणको लागि स्थानीय तह र समुदायको सहभागितामा विशेष कार्यक्रम संचालन गरिने छ ।

१३. अहिलेदेखि नै पर्यटन क्षेत्रको व्यापक विस्तार गरी आगामी १० वर्षमा नेपाली जनसंख्या बराबर पर्यटकहरु भित्र्याइने छ । तदनुरुप राष्ट्रव्यापी पूर्वाधार निर्माण तथा विकास गरिने छ ।

१४. प्रत्येक स्थानीय तहका वडाहरुमा श्रमशक्तिका रुपमा विकसित भइरहेका सम्पूर्ण युवायुवतिहरुलाई उनीहरुको रुचि अनुसारको विषयमा दक्षता प्रदान गर्न ऋत्भ्ख्त् बाट मान्यता प्राप्त कम्तिमा १ अत्याधुनिक साधनहरुले सम्पन्न तालिम केन्द्र स्थापना गरिने छ ।

१५. नेपालको सम्पूर्ण प्राकृतिक वन जङ्गलको संरक्षण गर्दै सबै वन्यजन्तु आरक्षण क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रूपमा  विकास गरिने छ । आगामी ५ वर्षभित्र सम्पूर्ण शिवालिक (चुरे पहाड) क्षेत्रलाई वन्यजन्तु आरक्षण क्षेत्र घोषणा गरी व्यवस्थित संरक्षण गरिने छ ।

१६. नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकासमध्ये कुनै एक बैंकको शाखा प्रत्येक तहका केन्द्र र वडामा खोलिने छन् । प्रत्येक परिवारलाई शून्य मौज्दातमा नि:शुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाइने छ ।

१७. नेकपा (एमाले) सरकार बनेको १ वर्षभित्र कैलाली जिल्लामा धनगढी र अत्तरियासमेत मिलाएर, बाँके जिल्लामा नेपालगञ्ज, कोहलपुर र खजुरासमेत मिलाएर, दाङ जिल्लामा घोराही–तुलसीपुरसमेत मिलाएर, रुपन्देही जिल्लामा बुटवल र भैरहवासमेत मिलाएर पर्सा जिल्लामा वीरगञ्ज र पोखरियासमेत मिलाएर, धनुषा जिल्लामा जनकपुर, धनुषाधाम र ढल्केवर समेत मिलाएर, मोरङ जिल्लामा विराटनगर, रङ्गेली र टङ्कीसिनवारीसमेत मिलाएर, सुनसरी जिल्लामा इटहरी, धरान र चतरासमेत मिलाएर तथा झापा जिल्लामा बिर्तामोड, भद्रपुर र मेचीनगरसमेत मिलाएर थप ९ वटा नयाँ महानगरपालिकाहरु घोषणा गरिने छ ।

१८. नेकपा(एमाले) सरकार बनेको दोश्रोवर्षभित्र प्रदेश न.३ मा पर्ने नेपालको राजधानी रहेको उपत्यकामा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाहरुलाई मिलाएर मेघा नगर घोषणा गरिनेछ । संसारका विकसित अत्याधुनिक मेघा नगर जस्तै विकसित गर्ने गुरुयोजना निर्माण गर्न घोषणा गरेको वर्षमै अन्तर्राष्ट्रिय वोलपत्र आह्वान गरिने छ । गुरुयोजना बमोजिम ५ वर्षभित्र सबै अत्याधुनिक संरचनाहरु निर्माण गरी नगरबासीहरुलाई मेघानगरमा पुनस्थापित गरी सेवा र सुविधा प्रदान गरिने छ ।

१९. काठमाडौँ, ललितपुर र भक्तपुर सहित मकवानपुरको टिस्टुङ, दामन र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको सम्पूर्ण क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने सम्पूर्ण त्रिशुली उपत्यका क्षेत्र, उत्तरमा रसुवाको लाङटाङ उपत्यका तथा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र, पूर्वमा मेलम्ची समेत इन्द्रावती उपत्यका क्षेत्र अनि दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी आधुनिक राजधानीको विकास गरिने छ ।

२०. काठमाडौँ, ललितपुर र भक्तपुरसहित मकवानपुरको टिस्टुङ, दामन र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको सम्पूर्ण क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने सम्पूर्ण त्रिशुली उपत्यका क्षेत्र, उत्तरमा रसुवाको लाङटाङ उपत्यका तथा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र, पूर्वमा मेलम्ची समेत इन्द्रावती उपत्यका क्षेत्र अनि दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी आधुनिक राजधानीको विकास गरिने छ ।

२१. राजधानीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला निर्माण गरिने छ ।

२२. माध्यमिक विद्यालय र महाविद्यालयहरु आवासीय रुपमा सञ्चालन गरिने छ । शहरको केन्द्रमा महाविद्यालय, वडा शहरमा न्यूनतम एक मा.वि, टोलहरुमा पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु सञ्चालन गरिने छ । सबै तहका विद्यालयहरुका लागि आवश्यक संख्यामा सुविधासम्पन्न अत्याधुनिक संरचनाहरु निर्माण गरिने छ । माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र नि:शुल्क गरिने छ । दिउँसोको खाजा एवं पाठ्यपुस्तकसमेत नि:शुल्क उपलब्ध गराइने छ । दस कक्षापछि विद्यार्थीहरुलाई दुई वर्ष आवासीय शिक्षा दिइने छ ।

२३. स्वास्थ्य उपचार सेवामा अनिवार्य स्वास्थ्य विमा लागू गरिनेछ । गरिबीको रेखामुनि रहेका जनताका लागि विमा रकम सरकारले भुक्तानी गरिदिनेछ । संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारहरुले सञ्चालन गरेका अस्पतालहरुमा सबै किसिमको उपचार प्रणाली स्थापित गरिने छ । यी अस्पतालहरुमा नेपाली नागरिकले सबै किसिमको उपचार सेवा नि:शुल्क प्राप्त गर्ने छन् ।

२४. नेकपा (एमाले) को सरकार बनेको तीन वर्षमै ‘एक घर: एक रोजगारी’ सुनिश्चित गरिने छ । १० वर्षभित्रमा १८ वर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गरिनेछ । प्रत्येक गाउँ/नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु र मझौला उद्योगहरु सञ्चालन गरी प्रति घरमा रोजगारी एवं स्वरोजगारीको सुनिश्चितता प्रदान गरिने छ ।

२५. सम्पूर्ण नेपाली जनतालाई नि:शुल्क इन्टरनेट सुविधा उपलव्ध गराइने छ । दूरसञ्चार क्षेत्रमा सेवाप्रदायक संस्थाहरुको असीमित मुनाफालाई नियमन गरी उपभोक्ताहरुलाई सस्तो दरमा दूरसञ्चार सेवा उपलव्ध गराइने छ । सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रमा २ वर्षभित्र ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याइने छ । अप्टिकल फाइवर नपुगेका स्थानीय तहमा माइक्रोवेभ फ्रिक्वेन्सीको माध्यमबाट इन्टरनेट सुविधा उपलब्ध गराइने छ  । स्थानीय तहका सबै विद्यालय, स्वास्थ्य चौकी र हुलाका कार्यालयहरुमा १ वर्षभित्र इन्टरनेट सहितको सूचना केन्द्र स्थापना गरिने छ  ।

२६. सामाजिक सुरक्षा भत्ता नेकपा(एमाले) को भावी सरकारले मासिक रु ५ हजार पुर्‍याउने छ । मातृशिशु संरक्षणका निम्ति सरकारी अस्पतालमा सुत्केरी हुँदा आमा र बच्चाको स्याहार संभार गर्दा लाग्ने सम्पूर्ण खर्च, औषधि, लत्ताकपडा, सबै सरकारले बेहोर्ने व्यवस्था गरिरने छ । कामकाजी सुत्केरी भएमा ४ महिनाको सुत्केरी बिदा दिइने छ ।

२७. मदिरा उत्पादन, वितरण र उपभोगमा कडा नियन्त्रण गरिने छ । वडामा एउटा मात्र मदिरा पसल खोल्न पाइने र २१ वर्ष पूरा भएको व्यक्तिले परिचयपत्र देखाएर मात्र सीमित मात्रामा मदिरा किन्न पाउने व्यवस्था गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah