संसारका कतिपय विषयबारे तपाई हाम्रा आफ्नै धारणा छन् । तिनीहरु सही हुन् या होइनन् भन्ने हामीले प्रश्न नै गर्दैनौं । हामीले जे थाहा पाएका छौं, त्यही नै सही हो जस्ता लाग्छ ।

संसारसँग जोडिएका तथ्यका बारेमा लेख्ने वैज्ञानिक म्याट ब्राउनले आफ्नो पुस्तक ‘एभरीथिङ्ग यु नियू अबाउट प्लानेट अर्थ इज रंग’ (पृथ्वीका बारेमा जो तपाई जान्नुहुन्छ त्यो गलत हो) मा यस्ता केही विषय उल्लेख गरेका छन्, जसले तपाईले आफ्नो जानकारीमाथि नै प्रश्न उठाउन बाध्य हुनुहुनेछ ।

२हजार६० वर्ग किलोमिटर नो मेन्स ल्यान्ड
जमीन, समुद्रको किनार, शक्ति र व्यवसायलाई लिएर आपसमा संघर्ष गर्ने देशबीच पृथ्वीमा केही स्थान ‘नो मेन्स ल्याण्ड’ भएको जानकारी तपाईलाई होला ।

अन्तर्राष्ट्रिय कानुनअनुसार यो दुई देशको सीमामा रहेको खाली स्थान हो, जुन क्षेत्रलाई कुनै पनि देशले कानुनअनुसार नियन्त्रण गर्दैनन् । यद्यपि यसमा दाबी गर्न सकिन्छ ।

तर अफ्रिकामा एक यस्तो स्थान छ, जसमाथि कुनै पनि देश नियन्त्रण कायम गर्न चाँहदैन । बीर ताविल नामको यो इलाका २,०६० वर्गकिलोमिटर क्षेत्रफलको रहेको र यो इजिप्ट र सुडानको सीमा पर्छ ।

यो इलाका २० औं शताब्दीमा अस्तित्वमा आएको हो, जतिबेला इजिप्ट र सुडानको सीमा तयार गरिदा यो क्षेत्र दुवैले आफ्नो सीमाभित्र राखेनन् । बीर ताविल सुखाग्रस्त इलाका हो ।

तर, यो इलाकामा केही मानिसले आकर्षण देखाउन थालेका छन् । २०१४ मा अमेरिकाको भर्जिनियाका एक किसानले यो क्षेत्रमा एक झण्डा लगाएर आफूलाई उत्तरी सुडान राज्यको गभर्नर घोषणा गरेका थिए । उनको चाहना आफ्नी छोरी राजकुमारी बनुन् भन्ने थियो ।

संसार भ्रमण गर्ने पहिलो व्यक्ति
के पोर्चुगलका खोजकर्ता फर्डिनान्ड म्यागनल संसारको चक्कर लगाउने पहिलो व्यक्ति थिए ? के उनले संसारको सबैभन्दा ठूलो समुद्रलाई आफ्नो नाम दिएका थिए ? यस्तो होइन ।

१४८० मा जन्मिएका फर्डिनान्ड प्रशान्त महासागर पार गर्ने पहिलो व्यक्ति चाँहि थिए । १५१९ मा म्यागनल आफ्नो टोलीसहित समुद्रको बाटोमा स्पाइस द्विप खोज्नका लागि निस्किएका थिए । केही देश भएर हिँडेपछि तीन वर्षपछि यो समूह सोही स्थानमा नै फर्किएको थियो ।

स्पेनहुँदै गएको यो यात्रा पूरा गरेको खुसी मनाउनका लागि भने कमैमात्र जीवित थिए । २७० जनाको चालक दलसँग भएको यो यात्रा अन्त्य हुँदा १८ जना मात्रै जीवित बँचेका थिए । यात्राकै क्रममा म्यागलनको पनि मृत्यु भएको थियो ।

यो यात्राका क्रममा १५२१ मा म्यागलन फिलिपिन्सको पूर्वी तटमा पुगेका थिए । त्यहाँका आदिवासीले उनलाई सिबू टापुमा लिएर गए । म्यागनल र उनको चालक दलका सदस्य सिबुका स्थानीयसँग राम्रो साथी बने ।

यति गहिरो दोस्ती भयो कि म्यागलन आफ्ना साथीलाई छिमेकी टापुमा रहने उनका दुश्मनको आक्रमणबाट बचाउन तयार भए । उनीहरुले हमलाको तयारी गरे र समूहको नेतृत्व म्यागलन आफैंले गरे । तर उनी घाइते भए र उनलाई बिषमा डुबेको एक तीर लाग्यो र उनको मृत्यु भयो ।

म्यागलनसँग गएका मानिस स्पाइस टापु खोजेपछि सोही बाटो फर्किन चाहन्थे, तर उनीहरु आफ्नो बाटो परिवर्तन गरेर छोटो बाटोमा स्पेन फर्किए । म्यागलनले यसै बाटोलाई प्रशान्त महासागर भनेका थिए, तर यो देख्ने उनी पहिलो युरोपियन थिएनन् ।

बर्षौपछि स्पेनका खोजकर्ता भास्को नुनेज डी बालबोआ पनामाबाट प्रशान्त महासागरको किनारामा पुगे ।

समुद्रको किनारमा जमिन हुन्छ ?
हामी पानीले भरिएको समुद्रको अर्को किनारा सायद पत्ता लगाउन सक्दैनौं भन्ने ठान्छौं । तर यसको कम्तिमा पनि एउटा किनारा अवश्य हुन्छ । केही समुद्र त चारै तर्फबाट जमिनले घेरिएका हुन्छन् । जस्तो भूमध्य सागर र काला सागरलाई लिन सकिन्छ ।

कुनै सागर महासागरमा गएर टुंगिएका पनि हुन्छन् । तर यस्तो एउटा सागर पनि छ, जसको कुनै किनारामा जमिन छैन । यो सारगास्सो सागर हो । यो एटलान्टिक सागरको पश्चिममा रहेको र उत्तर एटलान्टिकमा एकातर्फ फैलिएर सीमा बनेको छ ।

रिक्टर स्केलमा नापिन्छ भूकम्प ?
स्कुलमा हामीले भूकम्पको तिव्रता रिक्टरस्केलले नापिन्छ भनेर सिकेका छौं । सन् १९३० मा भूगर्भ विशेषज्ञ चाल्र्स रिक्टर र बेनो गुटनबर्गले केबल क्यालिफोर्निामा भूकम्पका कारण पैदा हुने ऊर्जाको मापन गर्नका लागि यसको निर्माण गरेका थिए ।
यो एक प्रकारको सिस्मोग्राफ थियो । यसैकारण सन् १९७० मा एक नयाँ प्रणाली सिस्मोलोजिकल स्केल जन्मियो । सिस्मोलोजिकल स्केलको प्रयोग ठूलो मात्रामा हुने गरेको पनि छ । तर यो अप्ठेरो नाम भएकाले यसलाई पनि मानिसले रिक्टर स्केलका रुपमा नै लेख्ने गरेका छन् । तपाईले ८ रिक्टर स्केलको भूकम्प भन्ने पढ्नु भएको छ भने त्यसको अर्थ सिस्मोलोजिकल स्केल नै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah