नेकपा एमालेले राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने योजनालाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि सोमबार सार्वजनिक घोषणापत्रमा एमालेले पानीजहाज चलाउनका लागि समुद्रसँग जोडिएका छिमेकी देशहरुसँग वार्ता प्रक्रियालाई अघि बढाउने भएको छ ।

‘राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बङ्गलादेश सरकारसँग वार्ता गरिनेछ’, एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार सदुपयोगमा विशेष जोड दिएको छ । ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार अनुरुप हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने छ’, एमालेको घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी देशभित्रैका ठुला नदीलाई पनि जलमार्गकारुपमा विकास गर्ने योजना एमालेले बनाएको छ । ‘कोसी, गण्डकी र कर्णाली नदीहरूमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘देशका विभिन्न भागमा निर्माण गरिने उच्च बाँध जलाशयहरूमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिने छ ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा पनि एमालेले समुद्रमा राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने योजना सार्वजनिक गरेको थियो ।
एमालेले हवाई र जलमार्गको विकासलाई उच्च प्राथमिकतामा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधासम्पन्न बनाउन विस्तार तथा स्तरोन्नत गरिने जनाएको छ। हाल निर्माणमा गति लिन नसेकको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई पनि एमालेले १० वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । ‘आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने छ’, एमालेले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah