काठमाण्डौ / आज मंगलबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहेको सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चादी प्रतितोला रु ८४५ मा कारोबार भएको थियो ।




