रिसको प्रभाव अरुलाई परोस् वा नपरोस्, रिसाउने व्यक्तिलाई भने अवश्य पर्छ । त्यो पनि नराम्रो असर । त्यसैले भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई सही समयमै नियन्त्रणमा लिनुस् ।

रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने ८ वटा असरका बारेमा उल्लेख गरेका छौं ।

१. रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।

२. आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

३. ब्लड प्रेशर एक्कासी उच्च हुन्छ ।

४. आक्रामक भावना उत्पन्न हुन् ।

५. सोच-विचारको शक्ति कमजोर हुन्छ ।

६. तनाव बढ्छ ।

७. लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरु देखिन थाल्छन् ।

८. निद्रा हराउन थाल्छ, यसले तपाईंको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।

क्रोधमा नियन्त्रण पाउने तरिका
१. शास्त्रहरु भन्छन्, क्षमाले नै क्रोधलाई जित्न सक्छ । यानिकी हामीले सानातिना गल्तिमा मानिसलाई माफ दिन थाल्यौं भने रिसको दायरा कम हुन्छ ।

२. क्रोधमा नियन्त्रण पाउन धैर्य र समझदारी हुनु निकै जरुरी छ । जब रिस उठ‍्छ, तब संयम नगुमाउनुस् । केही बोल्नुअघि बिचार गर्नुस्, मैले के बोल्दैछु, यसको परिणाम कस्तो हुन्छ ?

३. क्रोधको सम्बन्धमा हमेशा सावधान रहनुस् । यसको कारण पत्ता लगाउनुस् र समाधान खोज्नुस् ।

४. जब अति नै रिस उठ्छ, तब मुखमा मिश्री राखुस् । जसरी मिश्री पग्लिँदै जान्छ, क्रोध पनि विस्तारै खतम हुन्छ ।

५. रिसलाई नियन्त्रण गर्नका लागि दैनिक मेडिटेशन गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah