काठमाडौँ/ आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमै कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




