उपमेयरमा प्रस्तावित मंजली शाक्य आस्थाको मतदाता नामावलीमा नाम नभएपछि माओवादी केन्द्रले ललितपुर उपमहानगरपालिाकाको उपमेयरको उम्मेदवार अन्तिम समयमा फेरेको छ ।
उमयेरमा उम्मेदवारी दर्ता गर्न गएकी मंजलीको मतदाता नामावलीमा नाम नभेटिएपछि हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको हो । मेयरका लागि दिनेश शाक्य दिपेश र उपमेयरका लागि हसिना शाक्यको मनोनयन भएको छ ।



