पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपमान महसुस गर्दै राजीनामा दिएका छन् । दाहाल सरकार बनाउन किङमेकरकै भूमिका खेलेकाले मन्त्री निधिलाई गृहमन्त्रालयसहित पार्टीको तर्फबाट नेतृत्वको जिम्मा दिइएको थियो । उनले मन्त्री भएपछि काम गर्न सहज हुने ठानेर सचिवमा श्रीधर सापकोटा वा मधु रेग्मीलाई ल्याउन चाहेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाले लोकदर्शन रेग्मीलाई सचिव बनाउन दबाब दिन थालिन् । आरजुको दबाबमा निधिले रेग्मीलाई सचिव त बनाए, तर तिनै सचिवका कारण देउवासँग सम्बन्ध चिसिन पनि थाल्यो ।
सचिवको काम मन्त्रीलाई सघाउने हो । तर रेग्मीले सुरुदेखि नै आरजुको निर्देशनमा असहयोग गर्दैआएको महसुस निधिले गरेका छन् । मन्त्री निधिले गर्न लागेका निर्णय पहिले नै सचिव रेग्मीले आरजुलाई जानकारी दिने गरेको भेउ निधिले पाउन सकेनन् । रेग्मीले मन्त्रीमात्र होइन, गृहमन्त्रालयका सहसचिवहरुलाई समेत पंगु बनाएका थिए । सहचिवहरुले गहृका काममा सचिवले कुनै समन्वय नगरेको गुनासो मन्त्री निधिसमक्ष नै गरेका थिए । सचिवले सहसचिवहरुलाई बेवास्ता गर्दै काममा कुनै समन्वय नगरेको कुरा थाहा पाएपछि मन्त्री निधिले उनीहरुका गुनासो सुन्ने गरेका थिए । सहसचिवहरुले सचिव रेग्मीका एक एक कर्तुत भनेपछि मात्र मन्त्री निधि झस्किएका थिए । वास्तवमा गृहमन्त्रालयमा आफूलाई सचिवले कति हदसम्म असहयोग गरेका रहेछन् भन्ने कुराले मन्त्री निधिको मन कुँडिदै गएको थियो ।
नेपाल प्रहरीको आइजीपी नियुक्ति प्रकरणमा सचिव रेग्मीले गृृहमन्त्रालयमा नांगो नाच नै नाचेपछि मन्त्री निधिलाई निकै चोट पु¥याएको थियो । कीर्ते कार्यसम्पादन मूल्यांकन बनाउने हर्कत गृहसचिव रेग्मी र महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले गरे । तर आरोप नवराज सिलवाललाई लगाएर फसाउने काममा पनि रेग्मीकै भूमिका रहेको थियो । त्यतिमात्र होइन, सीआइबीमा राम्रो काम गरेका प्रहरी अधिकृतलाई नवराज सिलवालको निकट भन्दै दुःख दिने, धम्क्याउने काम समेत गृहसचिव रेग्मीले गरेका छन् ।
गृहमन्त्री भएदेखि नै रेग्मीले मन्त्री निधिलाई असहयोग गर्न थालेको कुरा उनले पछि मात्र पत्तो पाएका थिए । प्रमुख जिल्ला अधिकारीको सरुवामा रेग्मीले आफ्ना निकट सहसचिव र उपसचिवलाई विभिन्न नेतामार्फत् मन्त्री निधिलाई दबाब दिन लगाएका थिए । तनहुँमा रामचन्द्र पौडेल, गोर्खामा डा. बाबुराम भट्टराईमार्फत्, चितवनमा प्रधानमन्त्री दाहाल र झापामा कृष्ण सिटौलामार्फत् निधिलाई भनसुन गर्न लगाएर सबै आफ्ना अनुकूल सीडीओहरु सरुवा गराउन सफल भएका थिए । सचिवले यस्तो खेल खेलेको कुरा मन्त्री निधिले पछिमात्र थाहा पाए । –


