कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ । जसलाई अधिकांश जसो मानिसहरूले खान रूचाउने गर्छ । सायदै होलान् जसलाई कागती मन नपर्ने त? प्राय जसो मानिसहरूले यसको प्रयोग अचार-तरकारीमा गर्ने गर्छन् । जसले गर्दा त्यसको स्वाद नै स्वादिलो बनाई दिने गर्छ । तर जब मानिसहरू कागतीको प्रयोग गर्छन् तब यसको रस निचोरेर बोक्रालाई भने फाली दिन्छन् । कागतीको रस निकालीसके पश्चात् पनि त्यसको बोक्रा स्वास्थका लागि फाइदाजनक नै रहन्छन् । त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त फाइदाबारे :

  • यदि तपाईँ कागतीको बोक्राको सेवन गर्नु हुन्छ भने यसको मदतले चौरीपना डण्डिफोर पेग्मेन्टेसन तथा गहिरो दागबाट पनि जोगाउन सक्छ । यसका साथै त्यसमा पाइने एन्टि-अक्सिडेन्टले छालालाई डिटोक्सिफाइ गर्छ, जसले तपाईँको अनुहार चम्किलो र आकर्षक देखिन्छ ।
  • हाम्रो शरीरमा विभिन्न प्रकारका टक्सिनहरू हुन्छन् । ती पदार्थहरूले हाम्रो शरीरलाई भित्र-भित्रै कमजोर बनाउने मात्र होइन, त्यसका साथै शरीर भित्रैबाट अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरू सेवन गर्ने इच्छा समेत बढाउँछ । कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी साबित हुन्छ, जुन हाम्रो स्वास्थ्य र फिटनेसका लागि निकै नै फाइदाजनक मानिन्छ ।
  • यदि तपाईँ क्यान्सर जस्तो खतरनाक बिरामीबाट बच्न चाहनुहुन्छ भने कागतीको बोक्राको प्रयोग गर्नुहोस् । कागतीको बोक्रामा रहेको तत्वले क्यान्सरका सेल्सहरूसँग लड्नका लागि सहयोगी साबित हुन्छन् । त्यसैले यसको सेवन फाइदाजनक छ ।
  • यसको कोलेस्ट्रोलको स्तर घटाउन समेत उपयोगी हुन्छ । शरीरमा कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्दछ । त्यसैले यसको प्रयोग जरुरी छ ।
  • त्यसमा कागतीको बोक्रामा उच्च मात्रामा क्याल्सियम तथा भिटामिन सी पाइन्छ । जसको मदतले मानवीय हड्डीलाई समेत मजबुत बनाउने काम गर्छ ।
  • यदि तपाईँ आफ्नो तौल घटाउन चाहनुहुन्छ भने पनि कागतीको बोक्राको प्रयोग गर्नुहोस् । त्यसमा पेक्टिन हुन्छ, जसले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्छ । र तपाईँलाई केही बखत पश्चात् स्लिम बनाईदिन्छ ।सल्लेरी खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah