चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ ।

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, ‘आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।’

निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए। नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भने , ‘हामी सफल भएका छाैं, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ ।’

तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्याङ्की, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए। दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौँ, उनले भने , सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।

जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाटसम्म करिब २५ किलोमिटरको दूरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौँ, उनले भने । अहिले हतार गरेर घोषणा गर्दैनौँ हामी निर्माणको क्रममा छौँ, केही समस्या आएमा त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्दछ उनले भने । जहाज चल्ने क्षेत्रमा रहेका अवरोध हटाउने काम भएको छ, अन्य कुनै समस्या भए त्यसको समाधान गर्नुपर्दछ, जहाजको सुन्दरता, यसको मापदण्ड सबै पूरा भएपछि मात्र उद्घाटनको मिति घोषणा गर्नेछौँ, कँडेलले भने ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन उक्त क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । निर्माण कम्पनीका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ ।

पहिलाभन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको सो मिनी पानीजहाजको निर्माण २०७५ बाट थालिएको हो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोडमाथि पुग्ने प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए। क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ ।

क्रुज यात्रा सुरक्षित बनाउन दुईवटा इञ्जिन राखिएको छ । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएकाले ढुक्कसँग यात्रा गर्न सकिने बताए।

क्रुजको तल्लो तलामा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । क्रुज सिप तीन जनाले चलाउने व्यवस्था गरिएको छ । अहिलेलाई चालक र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकले नै सञ्चालन गर्ने योजना छ । क्रुज राख्नका लागि १५ फिट गहिरो पार्किङ स्टेसन निर्माण गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah