काठमाडौँ / आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सोमबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३ सयले बढ्दै ७२ हजार २ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १५ रुपैयाँले बढ्दै ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




