स्थानीय तहको निर्वाचनमा भोट हाल्ने दिन नआउँदै देशका विभिन्न स्थानमा कतिपय उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको नारफू गाउँपालिकाको प्रमुखमा मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नारफूको प्रमुखमा नारगाउँका ४३ वर्षीय लामाको मात्र उम्मेदवारी परेपछि उह‘ां निर्विरोध चयन हुनभएको हो ।

नारफूमा उपाध्यक्ष बाहेक सबै पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । १ देखि ५ वडा सवैमा वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. १ देखि ३ सम्म कांग्रेस र ४ र ५ मा स्वतन्त्रका उम्मेद्वार निर्विरोध चयन भएका हुन् ।

उपप्रमुखमा भने २ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट फूर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । नारफू गाउँपालिकामा जम्मा ३ सय ६२ जना मात्र मतदाता छन् । त्यसैगरी काभ्रेसहित तीन जिल्लाबाट स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेचारले विजयको खाता खोलेको छ ।

एमालेले काभ्रेको मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमालेबाट मात्रै उम्मेदवारी परेपछि नारायणी दमाई निर्विरोध निर्वा्चित भएकी हुन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् । दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमाले कार्यकर्ताले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ लगायतका नारा लगाएका छन् । यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णाकुमारी नेपाली निर्विरोध विजयी भहुनुभएको छ ।

त्यस्तै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्वाचित भएकी छन् । त्यसैगरि डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्विरोध निर्वाचित भएका छन् । शेफोक्सुडा गाउँपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्विरोध भएका छन् । त्यसैगरी माओवादी केन्द्रले मुगुमा विजय हासिल गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah