झापा दमक १३ का २१ बर्षिय युवा प्रशान्त महन्तोको आर्थिक अभावले अस्पतालबाट शव ल्याउन नसक्ने अवस्था आएको छ । तीनसाता अघि दूर्घटनामा परेर मुर्छित बनेका उनको बिराटनगरको न्यूरो अस्पतालमा उपचार हुने क्रममा मृत्यु भएको हो । कुनै सवारी साधनले हानेर भागेको र कसैले अस्पताल पुर्याएर छाडेको अवस्थामा केहि दिनपछि परिवारले थाहा पाएको थियो ।
न्यूरो पुर्याएको थाहा पाएपनि पैसा अभावले गर्दा परिवार त्यहाँ जान सकेन । अहिले तीनसाता पछि छोरोको मृत्यु भएको र अस्पतालमा तिर्नु पर्ने रकम र औषधिको बिल तिर्न नसक्दा परिवारले मृत छोरोका काजक्रिया समेत गर्न सकेकाछैनन् । अस्पताल र औषधि पसलमा १० लाख भन्दा बढि बिल भएको जनाईएको छ ।
अस्पताल प्रशासनलाइ छुटका लागि हारगुहार गर्दा आधाभन्दा बढि छुट गर्ने बताएको तर त्यहाँ छुट गरेको रकम पनि तिर्न नसक्ने भएकाले उनको परिवारले सहयोगकको लागि याचना गरेको छ । मृतकका बुबा भवेस महन्तोले आँशु झार्दै भने आर्थिक अभावले छोरो बचाउन पाइन अब कमसेकम अस्पतालबाट छोरो ल्याएर काजक्रिया गर्न पाए हुन्थ्यो ।
मृतकका बुबाले साहुबाट रोइकराइ १ लाख ७५ हजार जुटाएर अस्पतालमा बुझाइसकेकाछन् ।
अझै करिब ३ लाख ५० हजार रुपिया बुझाउनु पर्ने अवस्था रहेको बताइएको छ । उनको उपचारका लागि र हाल अस्पतालबाट शव ल्याउनका लागि पहल गर्दै आएका दमकका सामाजिक अगुवा नबिनकुमार अग्रवालले परिवारको अवस्था अत्यन्त दयनिय रहेकाले सहयोगको जरुरी रहेको बताए । सबैले सहयोग गरेर उक्त परिवारलाइ छोराको काजक्रिया गर्ने अवस्था सिर्जना गराउनका लागि उनले सबैसंग आग्रह पनि गरेकाछन् ।
आफूहरु अस्पताल गएर रोइकराइ गर्दा अस्पतालले आधाभन्दा बढि छुट गर्ने भनेको र अब आधा रकम जुटाउनु पर्ने अवस्था रहेको अग्रवालले जनाए । स्थानीय समाजसेवी चाँदनी बस्नेतका अनुसार घरको साहारा एउटामात्र छोरो भएका त्यो पनि गुमाएको पीडित परिवारलाइ गरिबीका कारण शव नै अस्पतालबाट ल्याउन नसक्ने अवस्था रहेकाले सबैलाइ सहयोगको जरुरी छ । मृतककी आमा अहिले मुर्छित अवस्थामा रहेकी छन् । सबैले जे जति सकिन्छ आर्थिक सहयोग गरेर मानवता प्रदर्शन गरौ ।
सहयोगका लागि सहयोग जुटाउन लागिपरेका नबिन कुमार अग्रवाल ९८५२६७०६१४
मृतकका बुबा ९८०६०१७६१७ मा सम्पर्क गर्न सक्नुहुनेछ



